शुक्रबार, वैशाख १४, २०८१

डेपुटी गर्भनरबारे राष्ट्र बैंकको बैठक अनिर्णित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- डेपुटी गर्भनर शिवराज श्रेष्ठबारे छलफल गर्न भन्दै बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले श्रेष्ठबारे कुनै निर्णय लिन सकेन।

आइतबार बसेको बैठकमा अर्थमन्त्रालयका सचिव डा. राजन खनालले डेपुटी गभर्नरबारे अर्थमन्त्री युवराज खतिवडाको पत्र पेश गर्ने र यसबारे छलफल गर्ने तयारी भए पनि बैठकले कुनै निर्णय लिन नसकेको हो।

डेपुटी गभर्नर शिवराजलाई सम्पत्ति सुद्धिकरण छानबिनमा सहयोग नगरेको आरोप अर्थमन्त्रालयले लगाएको छ।

स्रोतका अनुसार बैठकमा डेपुटी गभर्नर श्रेष्ठबारे कुनै छलफल नै भएन। बरु गभर्नर डा. चिरञ्जिवी नेपालले श्रेष्ठबारे छलफल गर्ने प्रसंग निकालेको भए पनि अर्थमन्त्रालयका सचिव डा. खनालले यसबारे छलफल गर्ने कार्यसूची नभएको बताएपछि विषय नै प्रवेश नगरेको हो।

गभर्नर नेपालले श्रेष्ठको विषय उठाउनासाथ श्रेष्ठ बैठक छाडेर बाहिरिएपछि थप छलफल नभएको सञ्चालक समितिका एक सदस्यले बताए।

अर्थमन्त्रालयका सचिव राष्ट्र बैंक संचालक समितिका सदस्य सचिव हुन्। 

गभर्नर नेपालको आगामी चैतमा कार्यकाल सकिँदैछ।

उनको कार्यकाल सकिएपछि नयाँ गभर्नरका लागि डेपुटी गर्भनर श्रेष्ठ र अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी स्वतः दाबेदार हुन्।

आइतबार विभिन्न सञ्चारमाध्यममा श्रेष्ठबारे समाचारहरु प्रकाशित भएपछि उनले आफूलाई गभर्नर हुन नदिन षड्यन्त्र भइरहेको गुनासो गरेका थिए।

राष्ट्र बैंकको सञ्चालक समिति बैठकले विभिन्न चारवटा कम्पनीलाई मर्जरको स्वीकृति दिएको छ।

बैठकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको छ।

त्यस्तै मनकामना लघुवित्तसँग स्मार्ट लघुवित्त गाभ्न सैद्धान्तिक स्वीकृति दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।