शनिबार, वैशाख २९, २०८१

आयातमा कमी आउँदा राजस्वमा चाप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–  नेपालको निर्यातमा बृद्धि भएसँगै व्यापारघाटा पनि कम हुँदै छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापारघाटा १२.०२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा ४५.९२ प्रतिशतले बढेको थियो । 

आयातमा कमी आएर निर्यात बढ्दा व्यापारघाटामा कमी आएको हो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयातमा १०.३४ प्रतिशतले गिरावट आएको छ भने निर्यात १४.४१ प्रतिशतले बृद्धि भएको छ ।  गत वर्षको सोही अवधिमा आयात ४३.५७ प्रतिशतले बढ्दा निर्यात १६.०८ प्रतिशतले मात्र बढेको थियो।

यद्यपि, आयात घट्दा राजश्व पनि घटेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भन्सारबाट २ खर्ब ५२ अर्ब राजस्व उठाउने लक्ष्य रहेकोमा जम्मा एक खर्ब ९८ अर्ब रुपैयाँ मात्र उठेको भन्सार विभागले जनाएको छ। 

भूकम्पपछिको पुनःनिर्माणको काम करिव ८० प्रतिशत समाप्त भइसकेकोले पनि पुनः निर्माणका सामग्रीहरुको आयातमा कमी आउँदा आयात घटेको हो । जसले व्यापारघाटा कम गर्नको लागि पनि मद्दत पुगेको छ।  

पहिलो तीन महिनामा भारतसँगको आयात घट्न थालेर निर्यात बढ्न थालेको छ भने चिनसँगको आयात बढेर निर्यात घट्न थालेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट रु. २ खर्ब ७ करोडको आयाता भएको छ भने निर्यात रु. १७ अर्ब ८७ करोड पुगेको छ । 

गत वर्षको सोही अवधिमा भारतबाट २ खर्ब ३६ करोड आयात र १३ अर्ब १६ करोड निर्यात भएको थियो । 

त्यसैगरी चीनबाट यस अवधिमा रु.५९ अर्ब २६ करोड बराबरको आयात भएको छ भने रु. ४५ करोड १८ हजार बराबरको निर्यात भएको छ । गत बर्षको सोही अवधिमा चीनबाट रु.५३ अर्ब ११करोड बराबरको आयात र रु. ५६ करोड बराबरको निर्यात भएको थियो । 

त्यस्तै अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालसँगको व्यापारमा भारत र चीनपछि फ्रान्सको वर्चस्व थियो तर, यस वर्ष भने इन्डोनेसियाले बाजी मारेको छ । 

भन्सार विभागका अनुसार नेपालले भेनेजुयला, माडागास्कार, गावोन, मार्सल आइसल्याण्ड, डोमिनिकन रिपव्लिक, माल्टा, निकारागुवा, सर्विया, नामिविया, मोन्टेरसाराट, इराक, इरान, टोगो, मोनाको, एल साल्भाडोर, लिचेन्थेन, ट्युनिसिया, कम्बोडिया, जमैका, होन्डुरस लगायतका देशबाट आयात गरे पनि निर्यात भने हुँदैन । 

त्यस्तै नेपालबाट न्यु क्यालेन्डोनिया, काजकिस्तान, कोलम्विया, मरिसस्,इष्ट टिमोरमा निर्यात गरेको छ भने ती देशबाट आयात भएको छैन । यी देशहरुमा नेपालबाट पश्मिनाको सलहरु बढी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्