शनिबार, वैशाख १५, २०८१

ट्याक्टर पल्टिँदा तीन बालिकाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
दाङ- पिकनिक खाएर फर्कँदै गरेको ट्याक्टर दुर्घटना हुँदा  दाङमा तीन बालिकाको मृत्यु भएको छ।  शुक्रबार गढवा गाउँपालिका–५ चिसापानी भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परी २३ जना घाइते भएका छन्। घाइते भएकामा चारको अवस्था गम्भीर रहेको छ। 

सामान्य घाइतेको लमही अस्पताल तथा स्वास्थ्य चौकी गढवामा उपचार भैरहेको छ। गम्भीर घाइतेलाई भने थप उपचारका लागि जिल्ला बाहिर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।

रा १ त २३९३ नम्बरको ट्याक्टर पल्टिँदा मृत्यु हुनेमा गढवा गाउँपालिका ६ की ११ वर्षीया निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शाहका अनुसार  ट्याक्टर तिव्र गतिमा रहेको र ओभरलोड भएका कारण  चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।