शुक्रबार, वैशाख १४, २०८१

कहाँ जन्मिए यी दस खेल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मानव सभ्यताको शुरुआतबाटै समाजमा अलग अलग खेलहरु अस्तित्वमा आए । विश्वका बेग्लाबेग्लै स्थानमा विभिन्न खेलहरु जन्मिए ।  अहिले प्रसिद्ध भइसकेका यि खेलहरु कहाँबाट शुरु भए होलान त ?

फुटबल

फिफाका अनुसार फुटबलको शुरुआत इसापूर्व दोस्रो र तेस्रो शताब्दिका बीच चीनमा भएको हो । त्यसबेला फुटबललाई चीनमा ‘शूजू’ वा ‘त्शू चू’ भनिन्थ्यो । यो खेलमा खुट्टाले मात्रै बललाई हिर्काउनुपथ्र्यो । 

हकी

एउटा छेउ दोब्रिएको काठको दबिलोले बल हान्ने खेल विश्वका अनेकौं सभ्यतामा खेलिंदै आएको छ । सबैभन्दा पुरानो ऐतिहासिक प्रमाणका आधारमा इजिप्टबाट हकीको शुरुआत भएको मान्नुपर्छ । इजिप्टमा पाइएको ४ हजार वर्ष पुरानो काठमा हकी खेल्ने टोलीको चित्र कुँदिएको छ । 

क्रिकेट

क्रिकेटको शुरुआत बेलायतमा १६ औं शताब्दिको शुरुमा भएको मानिन्छ । यद्यपि, यसको ठोस प्रमाण भने छैन । कसैले क्रिकेटको शुरुआत १४ औं शताब्दिको अन्तमा भएको पनि मान्छन् ।  

टेनिस

इतिहासकारहरुका अनुसार टेनिसको शुरुआत १२ औं शताब्दीमा उत्तरी फ्रान्समा भएको हो । फ्रान्समा यसलाई ‘जेउ डे पाउमे’ अर्थात हत्केलाको खेल भनिन्थ्यो, पछि यसले आधुनिक टेनिसको रुप लियो । 

बक्सिङ

अहिलेसम्मको प्रमाण अनुसार बक्सिङ खेल इसापूर्व ३ हजारमा इराकको सुमेरिया सभ्यतामा खेलिन्थ्यो । तर, ग्लोब्स लगायर बक्सिङ खेलेको प्रमाण भने इसापूर्व १६५० देखि १४०० वरपर पाइन्छ। 

बेसबल

बेसबलको शुरुआत कहाँबाट भएको हो भन्ने एकीन प्रमाण अहिलेसम्म पाइएको छैन । तर, सन् १३४४ को एक फ्रान्सेली दस्तावेजमा बेसबल जस्तै खेलिने खेल खेलिरहेका पादरीहरुको तस्वीर अंकित छ । 

बास्केट बल
सन् १८९१ को डिसेम्बरमा क्यानडाको शारीरिक व्यायामका प्राध्यापक डा जेम्स नाइस्मिथले आफ्ना छात्राहरुका लागि नयाँ खेलको आविष्कार गरे जसमा १० फुट अग्लो टोकरीमा फुटबल छिराउनु पर्थ्यो । यसैबाट बास्केट बलको शुरुआत भयो । सन् १९५० सम्म यो खेलमा फुटबलकै प्रयोग हुन्थ्यो । 

भलिबल

भलिबलको शुरुआत बास्केटबल जस्तै गरी भयो । फेब्रुअरी १८९५ मा अमेरिकामा विलियम जी मोर्गनले टेनिस र ह्याण्डबलका केही नियम मिलाएर नयाँ नियम बनाए र, भलिबलको शुरुआत भयो । 
कबड्डी

कबड्डीको शुरुआत दक्षिण भारतीय राज्य तमिलनाडुमा भएको हो । यो खेल उत्तर भारत, नेपाल र एशियाका अन्य देशमा पनि फरक फरक तरिकाले खेलिन्छ । आधुनिक कबड्डीको नियम महाराष्ट्रमा सन् १९१५ देखि १९२० का बीच बनाइएको हो । 

कुश्ती

कुश्ती लडाईको सबैभन्दा पुरानो तरिका हो । फ्रान्सका १५ हजार वर्ष पुराना गुफामा यसको चित्र अंकित छ । बेदमा पनि कुश्तीबारे उल्लेख गरिएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।