शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपप्रधानमन्त्री यादवले भने, जनकपुरको फोहोरले लाजै लगायो

उपप्रधानमन्त्री यादवले भने, जनकपुरको फोहोरले लाजै लगायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- बिहीबार बिहान संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायतका वरिष्ठ व्यक्तिका साथै यहाँका युवा, सरसफाइ अभियानीहरुले जानकी मन्दिरको प्राङ्गण सरसफाइ गरे।

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा प्रचारप्रसारको उद्घाटन गर्ने अवसर पारेर जानकी मन्दिर वरिपरी क्षेत्रको सरसफाइ कार्यक्रममा सबै जुटेका थिए।

मन्त्री भट्टराई जनकपुरमा पहिलो पटक सरसफाइमा सहभागी भएपनि मुख्यमन्त्री राउत, मेयर साहलगायतका व्यक्तिहरु विभित्र अवसरमा सरसफाइसम्बन्धी सन्देश दिन यस कार्यमा प्रायः देखिँदै आएका छन्।

राजनीतिकर्मीका साथै युवाहरुको पहलमा तुलनात्मक रुपमा जनकपुर विगतभन्दा सफासमेत भएको छ। यसअघि सडकमा देखिने फोहोरहरु अहिले नियन्त्रण भएको छ। केही दिनअघिमात्र जनकपुर र प्रदेश २ खुला दिसामुक्त क्षेत्रसमेत घोषणा भइसकेको छ। मुख्यमन्त्री राउतले स्वयं प्रदेशलाई खुला दिसामुक्त घोषणा गरेका हुन्।

तर उनकै पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुरको फोहोरले लाजै लाग्ने अवस्था आइसकेको टिप्पणी गरेका छन्। यादवले यसअघि पनि पटक पटक जनकपुरबारे यस्ता अभिव्यक्ति दिँदै आइरहेका छन्।

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले भने, ‘मिथिला सभ्यता र संस्कृतिमाथि हामीलाई गर्व गर्दछौं। तर, मिथिला सभ्यताको केन्द्रको फोहोरले लाजमर्दो बनाएको छ।’

‘विश्वभर मिथिलाप्रति आकर्षण छ,’ उनले भने, ‘तर यहाँ पुग्दा एउटा कुराले जहिले लाज लगाउँछ, त्यो हो जनकपुरको फोहोर। मानिसलाई लोटा लिएर शौच गर्न गएको देख्दा झनै लाज लाग्छ।’ जनकपुरलाई स्वच्छ र सफा बनाउनसके थप पर्यटक भित्रिने उनको भनाइ थियो।

प्रदेश २ मिथिला सभ्यताको केन्द्र रहेको भन्दै उप्रधानमन्त्री यादवले मैथिली भाषा र मिथिला संस्कृतिलाई अगाडी बढाउनेपर्नेमा जोड दिए। भ्रमण वर्ष सफल पार्न संघ र प्रदेशलाई एक साथ लाने संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रयासलाई उनले प्रशंसा गरे।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार औपचारिक रुपमा जनकपुरबाटआरम्भ भएको घोषणा गर्दै भ्रमण वर्ष एक दशकसम्म चल्ने बताए। ‘आज जनकपुरबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा प्रचारप्रसार शुरु भएको छ,’ भट्टराईले भने,‘अहिले थालनि वर्ष रहेपनि एक दशकसम्म निरन्तरता दिने सरकारको योजना छ।’ नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत पचास लाख पर्यटक भित्र्याउने सरकारको योजना रहेको उनले सुनाए।

मुख्यमन्त्री राउतले प्रदेश २ धार्मिक, सांस्कृतिक र ऐतिहासिक केन्द्र रहेको भन्दै पर्यटकीय विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए। जानकी मन्दिरका साथै प्रदेश २ का अन्य धार्मिक स्थलहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले कार्य सुरु गरिसकेको उनको भनाइ थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।