बुधबार, वैशाख २६, २०८१

टेकुमा अझै पनि डेंगु संक्रमितको लाइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत बैशाखको अन्तिम सातादेखि धरानमा डेंगुका बिरामी भेटिए। त्यसपछि प्रत्येक दिन बिरामीको संख्या बढ्दै गयो।

डेंगुको संक्रमण धरानमा मात्र सिमित रहेन। देशका ६७ जिल्लामा डेंगुको संक्रमण फैलियो। डेंगु नियन्त्रणको लागि सरकारले विभिन्न अभियान चलायो।

अभियान केही प्रभावकारी बने पनि डेंगु पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अझै पनि दैनिक ५० देखि ६० जना डेंगुबाट संक्रमित व्यक्तिहरु आउने अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताउँछन्। 

गत साउन १ गतेदेखि असोज १४ सम्ममा नेपालमा डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालको तथ्यांकमा उल्लेख छ। महाशाखाले गत महिना प्रस्तुत गरेको तथ्यांकअनुसार देशका ६७ जिल्लामा डेंगुको संक्रमण देखिएको छ भने १० हजार ९ सय ९३ जना डेंगु संक्रमित भएका छन्। 

अस्पतालका सरुवा रोग विशेषज्ञ एवम् प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय डेंगुको संक्रमण कम हुँदै गएको छ। पहिलाको तुलनामा अस्पताल आउने बिरामीको संख्या निकै कम भएको छ तर पनि दैनिक ५० देखि ६० जना बिरामी आइरहेका छन्।

गत वर्ष यही समयमा फाट्टफुट्ट मात्रै डेंगुका बिरामी भेटिन्थे डा. बास्तोला भन्छन्, ‘यो वर्ष नियन्त्रणमा आउन निकै सकस भएको छ।’

डा. शेरबहादुर  पुनका अनुसार नेपालको इतिहासमै पहिलोपटक यति लामो समय डेंगुको प्रभाव देखिएको हो। डेंगुको शंका लागेर अस्पतालमा पुग्ने ८० प्रतिशत बिरामीमा संक्रमण अझै भेटिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।