बुधबार, वैशाख २६, २०८१

जापानी भाषा परीक्षा स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : जापानी भाषा परीक्षा स्थगित भएको छ। जापान फाउन्डेसनले विना सूचना परीक्षा स्थगित गरेपछि तयारीमा रहेका युवा मर्कामा परेका छन्। 

फाउन्डेसनले यसअघि कात्तिक ११ र १२ गते भाषा परीक्षा तथा २१ र २२ गते सीप परीक्षणको तालिका सार्वजनिक गरेको थियो। अनलाइनबाटै परीक्षा लिने तयारी थियो। 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले परीक्षा स्थगित भएकोबारे मन्त्रालयलाई जानकारी नआएको बताए ।

उनले भने, ‘‘परीक्षा स्थगित भएको सम्बन्धमा मन्त्रालयलाई जानकारी छैन । मैले यसबारे जापानी दूतावासलाई पनि सोधेँ । उनीहरुले पनि अनभिज्ञता प्रकट गरे।’’

उनका अनुसार दूतावासले जापान फाउन्डेसनसँग बुझेर जानकारी गराउने प्रतिक्रिया दिएको छ। जापान र नेपालबीच चैत ११ गते जिटुजीमार्फत श्रमिक लिने गरी श्रम समझदारी भएको थियो।

पहिलो चरणमा नेपालबाट केयर गिभरका लागि एक हजार नेपालीलाई गोला प्रथामार्फत जापान लैजाने तयारी जापान सरकारले गरिरहेको थियो।

भाषा परीक्षाको जिम्मा भने जापान फाउन्डेसनले गरिरहेको थियो। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल भने अनलाइन प्रणालीमा केही प्राविधिक समस्या भएको र केही दिनमै फाउन्डेसनका कर्मचारी नेपाल आएर प्रणालीमा देखिएको अन्योलका विषयमा छलफल गर्ने बताउँछन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।