शनिबार, वैशाख १५, २०८१

महिला फुटबल टिमका शान्त प्रशिक्षक

ग्यारीसँग नेपाली टिमका खेलाडी निकै खुसी छन्। पहिलो पटक अन्तिम २३ मा परेकी प्रीति राई भन्छिन्, ‘उहाँ विदेशी प्रशिक्षक हुनुहुन्छ। सुरुमा एडजस्ट हुन गाह्रो भयो। तर एकदुई दिनमै कभर भयो। प्राविधिक रुपमा उहाँले हामीलाई तयार गर्नुभएको छ।’
 |  मंगलबार, भदौ १५, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– नेपाली फुटबलमा दुई मुख्य प्रशिक्षक सबैको केन्द्रमा परेका छन्– पहिलो राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र दोस्रा महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स।

triton college

अलमुताइरी र फिलिप्स दुवै अहिले नेपाली फुटबल इतिहासको महत्त्वपूर्ण घडीमा छन्।

चैतमा नेपाली टिमको हेड कोच बन्दा कुवेती मूलका प्रशिक्षक अलमुताइरीले नेपाललाई साफ जिताउने सपना साँचेका थिए। त्यो यात्राको नजिकमा पुगेका छन् अलमुताइरी।

अलमुताइरीलाई नेपाली फुटबल समर्थकले अन्य प्रशिक्षकलाई भन्दा भिन्न रुपमा चिनेका छन्। धेरै विषयमा अशान्त देखिने अलमुताइरी सामाजिक सञ्जालमार्फत धेरै समर्थकको नजरमा छाइरहेका हुन्छन्।

उनले समर्थकलाई दिने रिप्लाई र समर्थकलाई सम्बोधन गर्दै जारी गर्ने भिडियोले उनी समर्थकको व्यापक माया र सद्भाव पाउन सफल भए। प्रशिक्षक भएयता उनले नेपाली टिमलाई फिफा विश्वकप र एसिया कपको छनोट चरणमा खेलाइसकेका छन्।

corrent noodles
Metro Mart

नेपाली टोलीको राम्रो प्रदर्शनको श्रेय उनलाई मिल्यो। त्यसपछिका फुर्सदिला दिनमा पनि उनले फेसबुकबाट फुटबल सिद्धान्त र ‘फुटबल ट्राङ्गल’ पढाउन भ्याए।

तर, पछिल्लो समय भने अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको उनको सम्बन्ध चिसिएको छ। विवाद चर्किएर राजीनामासम्मका कुरा आए। उनको राजीनामा प्रकरणमा एन्फा आफैंले छानबिन गर्न नसक्ने भएपछि युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा राष्ट्रिय खेलकुद परिषद्लाई गुहार्नुपरेको थियो।

यी भए ‘अशान्त’ अलमुताइरीका कुरा।

नेपाली महिला टोलीको कमान्ड सम्हालिरहेका छन्, प्रशिक्षक ग्यारी फिलिप्स। उनी नेपाली महिला टिमले हालसम्ममा पाएको उत्कृष्ट प्रशिक्षक हुन्। टेक्निकल डाइरेक्टरका रुपमा एन्फा छिरेका अस्ट्रेलियन फिलिप्स शान्त छन्।

अलमुताइरी र फिलिप्स दुवै अहिले नेपाली फुटबल इतिहासको महत्त्वपूर्ण घडीमा छन्।
उनी अहिले नेपाली राष्ट्रिय महिला टोलीलाई प्रशिक्षण गराउनमा व्यस्त छन्। नेपाली महिला टिम उज्वेकिस्तानमा हुने एएफसी कप छनोटको तयारीमा छ।

त्यहाँ नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङविरुद्ध खेल्नेछ। त्यसअघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने तय भइसकेको छ। ती खेलका लागि फिलिप्सले सातदोबाटोस्थित एन्फा कम्प्लेक्मा खेलाडीहरुलाई अभ्यास गराइरहेका छन्।

महिला टिमको अभ्यास सुरु हुँदा अस्ट्रेलियामै रहेका प्रशिक्षक फिलिप्स तीन साताअघि मात्र नेपाल फर्किएका हुन्। यी तीन सातमा उनले नेपाली टिमलाई राम्रोसँग नियालिसकेका छन्।

सातदोबाटोमा प्रशिक्षणका क्रममा एक बिहान उनी निकै खुसी थिए। ‘आज राम्रो मौसम भएकाले मजाले प्रशिक्षण गर्न पाएका छौं,’ निरन्तरको झरीले आजित भएका उनले भने।

उनी नेपाली फुटबल टिमको पहिलो विदेशी प्रशिक्षक हुन्। विदेशी भए पनि आफ्नो टोलीबारे राम्रै जानकार भएको उनी बताउँछन्। गत वर्ष सम्पन्न महिला लिगमा पनि उनी नेपालमै थिए। ‘म प्रशिक्षक हुनुअघिदेखि नै नेपाली महिला टिमको खेल बारे जानकार छु,’ उनले भने, ‘म सागमा पोखरा गएको थिएँ। मैले त्यहाँ नेपाली टिमको खेल हेरें। नेपाल केही गर्न सक्ने टिम हो। आज हामी भारत र बंगलादेशलाई टक्कर दिने भइसकेका छौं।’

उनले तीन साता खेलाडीलाई फुल टाइम प्रशिक्षण दिइसकेका छन्। प्रशिक्षणको परिणाम कस्तो आयो त?

‘तीन हप्ता निकै अप्ठ्यारो समय भयो। किनभने हामीसँग ४५ खेलाडी थिए। तर निकै खेलाडी कटौती गर्नुपर्यो। खेलाडीलाई प्रशिक्षणबाट निकाल्नु निकै दुःखद कुरा हो। तर हरेक प्रशिक्षकले त्यो गर्नैपर्छ। किनभने हामीले २३ खेलाडीलाई मात्र टिममा सहभागी गराउन सक्छौं,’ उनले भने, ‘म छनोटमा परेका २३ खेलाडीसँग सन्तुष्ट छु। हामीसँग पुराना र नयाँ खेलाडीको मिक्स स्क्वाड छ।’

उनी खेलाडी उत्पादन प्रक्रियासँग पनि खुसी देखिए। भन्छन्, ‘अहिले राष्ट्रिय टिममा धमाधम नयाँ खेलाडी आइरहेका छन् र पुराना खेलाडीलाई विस्थापन गरिरहेका छन्।’

नेपाली महिला टिम संक्रमणकालमा छ। त्यसैले उनले कप्तानसमेत रहेकी रेनुका नगरकोटीलगायतका अनुभवी खेलाडीलाई भनेका छन्– यो अन्तिम अवसर हुनसक्छ।

किनभने विश्वकप फुटबल चक्र हरेक चार वर्षमा आउँछ। अनि नेपाली महिला टोली आउँदो एक चक्रको अन्तिम चरणमा छ। ‘त्यसैले सिनियर खेलाडीका लागि यो निकै ठूलो अवसर हो,’ उनले भने, ‘सायद खेल करियरको अन्तिम समय पनि हो।’

उनले युवा खेलाडीमा ‘प्रोगेस’ भइरहेको देखेका छन्। भन्छन्, ‘मेरो आशा के हो भने म खेलाडीलाई दैनिक रुपमा राम्रो हुँदै गएको देख्न पाऊँ।’

नेपाली महिला टिम संक्रमणकालमा छ। त्यसैले उनले कप्तानसमेत रहेकी रेनुका नगरकोटीलगायतका अनुभवी खेलाडीलाई भनेका छन्– यो अन्तिम अवसर हुनसक्छ।

अहिले नेपालमा राष्ट्रिय टिममा रहन सक्ने २६, २७ जना जति सिनियर खेलाडी छन्। तर २३ जनाको टिममा पनि युवा र सिनियर मिश्रित छन्। त्यो व्यवस्थापन गर्न उनलाई निकै कसरत परेको थियो।

‘विश्वको ट्रेन्ड हेर्ने हो भने खेल छरितो, धेरै फिजिकल र इनर्जेटिक भइसकेको छ। हामी खेलाडीको ‘टेम्पर’ बढाउन चाहन्छौं। खेलका भोका र छरिता खेलाडीलाई टिममा बढी स्थान दिएका छौं। उनीहरुले धेरै शारीरिक कसरत गरेका छन्,’ उनी भन्छन्।

उनले खेलाडीलाई २३ खेलाडीमा झार्दाखेरी खेलाडीको ‘ट्याक्टिकल मुभ’ लाई आधार मानेका छन्। ‘खेल छरितो भएको छ। आखिर हामीलाई धेरै शक्ति भएका खलाडी नै चाहिन्छ,’ उनले भने।

नेपालले खेलिरहेको खेल भनेको साफ लेबलको मात्र हो। १९९९ मा पछि नेपालले एसियन स्तरको खेल खेलेको छैन।

‘दुई दशकपछि मात्र एसियन लेभलको खेल खेल्दैछौैं। कुनै पनि टिमको लागि यो ठूलो अवसर हो। हामीले यो अवसर सदुपयोग गर्न सक्नुपर्छ,’ उनलाई आफ्नो जिम्मेवारी थाहा छ।

उनले संकेत गरेको खेल आसन्न फिलिपिन्स र हङकङविरुद्धको खेल हो। जुन सुरुमा नेपालमै आयोजना हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा हुने तय भयो।

त्यसमाथि नेपालले फिलिपिन्ससँग खेलेको दुई दिनपछि नै हङकङसँग खेल्नुपर्नेछ। साथै खेल स्थानीय समय तीन बजेका लागि तोकिएको छ।

‘समयमा हामी खुसी छैनौं। त्यो समयमा त्यहाँ ३६ डिग्री तापक्रम हुन्छ। मैले एएफसीलाई त्यो समय हेरफेर गर्न सकिन्छ कि भनेर आग्रह गरेको छु,’ फिलिप्सले भने, ‘साँझको छ वा सात बजेको समय हामीलाई उपलब्ध हुन सक्यो भने सजिलो हुनेछ। हामीलाई थोरै अवसर मात्र प्राप्त हुन्छन्। त्यो अवसरलाई सफलतामा बदल्न सक्नुपर्छ।’

गत फागुनमा काठमाडौंमा महिला लिग आयोजना भएको थियो। लिगबाट धेरै नेपाली सिनियर टिमले ट्यालेन्ट खेलाडी पायो। तर दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिने सावित्रा भण्डारी (साम्बा) नेपाली टिमले गुमाएको छ।

कोभिडका कारण भएको लकडाउनले अभ्यास निरन्तर भएको थिएन। त्यसले केही गाह्रो भएको थियो। उनी भन्छन्, ‘यो ‘ट्रान्जिसन पिरियड’ हो। तर हामी बलियो हुँदै आएका छौं। त्यसमा म खुसी छु। अहिले दीपा राई र हीरा केसी चोटमुक्त भएका छन् र म टिमको ‘इफोर्ट र डेडिकेसन’ मा खुसी छु।’

ग्यारीसँग नेपाली टिमका खेलाडी निकै खुसी छन्। पहिलो पटक अन्तिम २३ मा परेकी प्रीति राई भन्छिन्, ‘उहाँ विदेशी प्रशिक्षक हुनुहुन्छ। सुरुमा एडजस्ट हुन गाह्रो भयो। तर एकदुई दिनमै कभर भयो। प्राविधिक रुपमा उहाँले हामीलाई तयार गर्नुभएको छ।’

मिडफिल्डर सरु लिम्बू भन्छिन्, ‘नेपाली र विदेशी प्रशिक्षकमा प्रशिक्षण गराउने शैली केही फरक हुने रहेछ। हामीले गरिरहेको चिज नै अहिले पनि गरिरहेका छौं। तर नयाँ प्रशिक्षकमा ज्ञानचाहिँ अलि धेरै भएको जस्तो लाग्यो।’

‘पासिङदेखि बल पोसेसनसम्मको कुरामा हामीले नयाँ अभ्यास गर्न पाएका छौं,’ उनले थपिन्, ‘पहिले प्रायः फिटनेसमै धेरै ध्यान हुन्थ्यो। अहिले फिटनेससँगै बल कसरी चलाउने भन्नेमा बराबरी अभ्यास भइरहेको छ।’

मुख्य प्रशिक्षक फिलिप्सबारे कप्तान रेनुका नगरकोटी भन्छिन्, ‘हरि खड्का सरसँग तीन वर्ष अभ्यास गरिसकेको अनुभव छ। नयाँ प्रशिक्षकले पनि धेरै कुरा राम्रो तरिकाले सिकाउनुभएको छ।’

‘अभ्यासमा के नयाँ भएको छ?’ रेनुका भन्छिन्, ‘नेपाली र विदेशी प्रशिक्षकले सिकाउने त एउटै हो। तर उहाँले चाहिँ त्यही कुरा गर्ने तरिका फरक छ। एकदम सकारात्मक।’

प्रशिक्षकसँग खेलाडी त खुसी छन् तर खेलाडीको प्रदर्शनबारे प्रशिक्षकको धारणा के छ?

पिलिप्स भन्छन्, ‘प्रशिक्षकका रुपमा म पनि खुसी छु। यहाँ हुनुमा म खुसी छु। मैले खेलाडीलाई खुसी राख्ने कोसिस गरेको छु। म किन यहाँ छु भन्ने कुरामा सचेत पनि छु।’

मुख्य प्रशिक्षक फिलिप्सबारे कप्तान रेनुका नगरकोटी भन्छिन्, ‘हरि खड्का सरसँग तीन वर्ष अभ्यास गरिसकेको अनुभव छ। नयाँ प्रशिक्षकले पनि धेरै कुरा राम्रो तरिकाले सिकाउनुभएको छ।’

अहिले फिलिप्सले मिश्रित नेपाली टिमसँग केही नयाँ गर्न खोजिरहेका छन्। तर अन्तिम ११ का खेलाडी भने पत्ता लगाउन सकिरहेका छैनन्। भन्छन्, ‘म अझैसम्म केही नयाँ गर्न खोजिरहेको छु। मैले फाइनल ११ पत्ता लगाइसकेको छैन। त्यो खेलाडीको स्ट्रेन्थमा भर पर्छ।’

उनले फुटबलको सिद्धान्तअनुसार नै नेपाली टिमलाई फरवार्ड र डिफेन्समा उत्तिकै शक्तिशाली हुने गरी टिम तयार गर्ने बताएका छन्।

उनले भने, ‘फर्मेसन ठूलो कुरा होइन। त्यसैले म कुन खेलाडीलाई कुन पोजिसनमा राख्ने भन्ने कुरामा केन्द्रित छु। कसले त्यहाँबाट उत्कृष्ट गर्न सक्छ भन्ने हेरिरहेको छु। परफरमेन्स कोही–कोही बेला ओभर रेटेड हुने गरेको छ।’

साम्बाबिनाको नेपाली टिम

पहिला लिगमा घाइते भएपछि राष्ट्रिय टिमकी फरवार्ड साम्बा कतारमा उपचाररत छिन्। तर उनी ग्रुप च्याटमा खेलाडीसँगै छिन्। फिलिप्स भन्छन्, ‘हामी कुरा गरिरहेका हुन्छौं। उनी टिममा छैनन् तर सबैको मनमा छिन्। अब उनको विकल्प त खोज्नै पर्छ। उनको ठाउँमा उनीजस्तै खेलाडी चाहिन्छ।’

प्रीति र रश्मी त्यहाँ खेल्न सक्ने खेलाडी हुन्। त्यसैले साम्बाको गुणस्तरको खेल कसले खेल्न सक्छ भनेर अहिले प्रशिक्षकको टोली खेलाडी खोजीमा छ। त्यो लय कुन खेलाडीमा हुन सक्छ? परफरमेन्स वा फुटबल सिद्धान्तबाट पो त्यो क्षति पूरा गर्न सकिन्छ वा केही संख्याका खेलाडीबाट फरवार्डमा सावित्राको पूर्ति गर्न सकिन्छ भन्ने खोजमा नेपाली प्रशिक्षक टिम लागेका छन्।

ग्यारी भन्छन्, ‘कल्पना नै गर्ने हो भने पनि हामी अब छनोटमा राम्रो गर्नेछौं। सम्भव भएसम्म एसियन कपमा पुग्नेछौं र विश्वकप यात्रा तय गर्नेछौं। त्यहाँ साम्बाले पनि खेल्नेछिन्। त्यसैले यो सबै हामीले साम्बाकै लागि गरिरहेका छौं।’

प्रकाशित: Aug 31, 2021| 13:30 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।