शनिबार, वैशाख १५, २०८१

थापाको स्वास्थ्य सुधारोन्मुख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं‌ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सामान्य छ। पिडौंला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य भएका थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सो पार्टीले जनाएको छ। 
कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए। उनी कात्तिक बिहीबार स्वदेश फर्कने सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

तेस्रो पटक ‘स्वाभिमान यात्रा’ हुँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ। 
सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागाएिको उक्त यात्रा सिन्धुलीबाट सुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिनेछ। 

यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको छ भने दास्रो चरणमा मुस्ताङबाट गोरखासम्म गरिएको स्वाभिमान यात्रामा सात जिल्लामा कार्यक्रम गरिएको सहमहामन्त्री बर्तौलाले बताए। 

पार्टीले लिएका हिन्दू राष्ट्रलगायतका राजनीतिक मुद्दालाई जनस्तरमा प्रचार गरी उनीहरुको सुझाव यात्रामा सङ्कलन गरिने छ। देशभर गर्ने लक्ष्य राखिएको उक्त यात्रा बाँकी रहेका जिल्लामा केही महीनापछि पूरा गरिने पार्टीले जनाएको छ। -रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।