शुक्रबार, वैशाख १४, २०८१

‘पाँच हजार वर्षअघि सुरु भएको थियो म्हःपूजा’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- नेपाल संवत ११४० र म्हःपूजाको अवसरमा नेवाखलः सिद्धार्थनगर भैरहवाले कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा इतिहासविद् विजय गोविन्द श्रेष्ठ ‘विजय सागर’ले नेपाल संवत नेवार समुदायको मात्रै नभएर देशको संवत भएको बताए। गुठी विधेयक पास नभएपछि नेपाल संवत र म्हः पूजालाई प्रायोजितरूपमा विवादमा तानिएको उनको आरोप छ। 

काठमाडौं उपत्यकामा भोलि म्हःपूजा पर्व मनाइने उल्लेख गर्दै उनले ‘बिर्तामोड घोषणापत्र’ले आजकै दिन म्हःपूजा र नेपाल संवत पर्ने उल्लेख गरेकाले यसैदिन म्हःपूजा पर्व मनाउनुपर्ने बताए। उनले भने, “भोलि ६ः३५ बजे मात्रै मुर्हत छ, त्यतिबेला सम्भव छैन। यसैले आजै मनाउनुपर्छ।” 

दुई दिन मनाउनु नेवार समुदायमा विभाजन ल्याउन खोजिएको उनको भनाइ छ। 

कार्यक्रममा प्राज्ञ बुँद रानाले नेपाल संवतका प्रणेता शंखधर साख्वाले हातमा संख लिएको तस्बिरले चेतनाको विगुल फुकेको संकेत गरेको बताए। 

प्राज्ञ प्राध्यापक डा. कपिलदेव लामिछानेले लोक संस्कृतिको संरक्षण गर्न नेपाल संवतको महत्त्व रहेको बताए। उनले संयुक्त राष्ट्रसंघमा तत्कालीन राजा महेन्द्रले नेपालको आधिकारिक नेपाल संवत रहेको भनि लेखाएको उल्लेख गर्दै नेपाल सम्बतको विषयमा सरोकारवाला पक्षले बहस गर्नुपर्ने बताए। 

लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान केन्द्रका प्रमुख प्रा.डा. गितु गिरीले नेपालको नामकरणदेखिको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै नेवार अलग समप्रदाय नभई सबै नेपाली नै नेवार भएको तर्क गरे। 

वरिष्ठ साहित्यकार वनमाली निराकारले आत्म शुद्धीकरणका लागि म्हःपूजाको महत्त्व रहेको बताए। उनले नेपालबाटै स्थापित नेपाल संवतलाई राज्यले अबलम्बन गर्नुपर्नेमा जोड दिए। 

सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले काठमाडौं उपत्यकामा ऋणमोचन गरेको इतिहाससँग जोडिएको सांस्कृतिक र ऐतिहासिक पर्वलाई सबै जातजाति र धर्मावलम्बीले मनाउनुपर्ने बताए। 

नेवाःखलका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई केहीले ‘नेवारको संवत’ भनेर संकुचितरूपमा व्याख्या गरेको बताए। नेपालको संवत नै नेपाल संवत भएको उनकाे भनाइ छ।

म्हःपूजा पाँच हजार वर्ष अगाडिदेखि चलेको चर्चा गर्दै उनले आजको दिन वर्षभरकै ‘पवित्र’ भएको बताए। “त्यसैले म्हःपूजा आज नै मनाउनुपर्छ,” उनले भने, “११, १२ र १३ गते कहिले मनाउने भन्नेबारे भ्रम फैलाउने कोशिस भएको छ।” 

खलःका नगर अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन  भाग्यमान महर्जनले गरेका थिए। 

नेपाल संवतकै अवसरमा यहाँ मोटरसाइकल र्यालीसमेत निकालिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।