शुक्रबार, वैशाख १४, २०८१

आलममाथिको अनुसन्धान टुंग्याउँदै प्रहरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले तिहारसँग जोडिएका तस्बिरलाई प्राथमिकतामा साथ छापेका छन् भने विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।
 
फूलका मालाहरु बेच्दै गरेका युवाहरुको तस्बिर सबैभन्दा माथि छापेको कान्तिपुर दैनिकले रौतहट विस्फोट काण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलममाथिको अनुसन्धान प्रहरीले टुङ्ग्याउन लागेको खबरलाई प्राथमिकताका साथ छापेको छ।
 
बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको हो ।
 
यस्तै कांग्रेसमा विभाग थप्ने तयारी भएपछि बिबाद भएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ। उसले १७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट शीर्षकमा खबर लेखेको छ । 

आजको अन्नपूर्ण पोस्ट्ले तिहारसँगै बालिएका झिलिमिली बत्तिले धपक्कै बलेको काठमाडौंको बौद्ध क्षेत्रको तस्विरलाई प्राथमिकताका साथ आधा पृष्ठ ढाक्ने गरि छापेको छ । 

उसले  नेपालीको तिहार आयातमै निर्भर बन्दै गएको विषयलाई भने मुख्य समाचार बनाएको छ। यसवर्ष झिलिमिली बत्ति, भाइमसला, मिठाइ, फूललगायतका सामाग्री आयात गर्दा करिब २ अर्ब रुपैयाँ विदेशीएको छ।

रौतहट विस्फोट प्रकरण : अनुसन्धान टुंग्याइँदै 

कान्तिपुरमा प्रकाशित समाचारअनुसार बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ । १२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ । 

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरूका परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस बेलाको घटनामा मारिएकाको संख्या भने यकिन हुन सकेको छैन ।

पहिलो सविधानसभा निर्वाचनको अघिल्लो दिन आलमकै गाउँ राजपुर फरदहवास्थित उनका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । दिवंगत इद्रिस पूर्वमन्त्री हुन् । 

विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा जलाइएको आरोप आलममाथि छ । बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झूटो भएको प्रहरीको ठम्याइ छ । झूटो बोले–नबोलेको पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन् ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ । एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा मारिइसकेका छन् । 

घटना लुकाउन सहयोग गरेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा जागिरबाट निवृत्त छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसमेत निवृत्त छन् । उनीहरू पनि सोधपुछको दायरामा पर्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।

घटनाका बेला राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र घटनापछि अनुसन्धान अधिकृत तोकिएका डीएसपी राजीव बस्नेतलाई सोधपुछका लागि जिल्ला प्रहरीले बोलाइसकेको छ । 

सुवेदी हाल पोखरा गणमा डीएसपी छन् । उनलाई घटनास्थल पुग्नै लाग्दा एसपी न्यौपानेले सञ्चारसेट मार्फत तत्कालै जिल्ला बोलाएको स्रोतले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।