शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खाेजेकाे देउवाकाे आराेप

सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खाेजेकाे देउवाकाे आराेप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट लोकतन्त्रमाथि आक्रमणको खतारा बढेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको भन्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए।

सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताए। 

पाटीभित्र अन्तर्घात बढेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको औंल्याउँदै देउवाले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेकोसमेत बताए। चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने उनको भनाइ थियो। 

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस संगठन विस्तारमा लाग्नुपर्ने बताए। बर्तमान सरकारका नराम्रा कामको बिरोध गर्दै संगठन बलियो बनाउन सबै नेता कार्यकर्ताले लाग्नुपर्नेमा उनको जोड थियो। 

कार्यक्रममा सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।