शनिबार, वैशाख १५, २०८१

ओली र मुदुरोबीच भेटवार्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोबीच भेटवार्ता भएको छ। 

असंलग्न अभियान (नाम)का राष्ट्र तथा सरकार प्रमुखको १८औं शिखर सम्मेलनमा भाग लिन अजरबैजान पुगेका उनीहरूबीच बाकु कन्भेन्सन सेन्टरमा आज भेटवार्ता भएको हो।

यसअघि प्रधानमन्त्री ओलीले भारतका उपराष्ट्रपति भेन्कैया नायडुसँग भेटवार्ता गरेका छन्। 

पाकिस्तानी र बंगलादेशी समकक्षीलाई भेट्दै 

प्रधानमन्त्री ओलीले पाकिस्तानी र बंगलादेशी समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता भेटवार्ता गर्ने भएका छन्। 

प्रधानमन्त्री ओलीले शनिबार अपराह्न पाकिस्तानका प्रधानमन्त्री इमरान खान र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
यस्तै, प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि आजै भेटवार्ता गर्ने छन्। 

यसअघि गत शुक्रबार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असंलग्न आन्दोलनको सिद्धान्त पालना नभए विश्वमा अराजकता छाउने बताए। 

उनले संयुक्त राष्ट्र संघको घोषणापत्रका सिद्धान्तलाई सम्मान गर्ने र पालना गर्ने, राष्ट्रिय स्वतन्त्रता, सार्वभौम समानता र  क्षेत्रीय अक्षुण्णतालाई समर्थन गर्ने, आन्तरिक मामिलामा अहस्तक्षेपलाई कायम राख्ने तथा शान्तिपूर्ण तरिकाले विवाद समाधान गर्ने असंलग्न अभियान (नाम)को सिद्धान्त भएको जानकारी दिए। 

‘यी सिद्धान्त पवित्र छन् र त्यसका सदाकालका मूल्य छन्। यदि त्यसलाई पालना गर्न नसकिए विश्वमा अराजकता छाउने छ,’ उनले भने, ‘यी उद्देश्यलाई सम्मान गर्दा विश्व शान्त, सुरक्षित, स्थिर र समृद्ध हुन्छ।’

नेपालले ‘सबैसँग मित्रता राख्ने र कसैसँग शत्रुता नराख्ने’ कुरामा विश्वास गरेको उनको भनाइ थियो।  

सम्मेलनमा सहभागी हुन बिहीबार अजरबैजान प्रस्थान गरेको प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कदैछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।