शुक्रबार, वैशाख १४, २०८१

उपनिर्वाचन आचारसंहिता आजबाट लागू  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने भएको छ।

निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम आचारसंहिता लागू गरेको हो। 

आचारसंहिता अनुसार प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला तथा स्थानीय तह सदस्यको निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न पाउने छैनन्।

यस्तै, सम्बन्धित सरकारले कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने आचारसंहिता तोकिएको छ। तर, लोकसेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले नियमित रूपमा गर्ने पदपूर्तिमा भने आचारसंहिता बाधक नहुने आयोगले जनाएको छ। 

राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म जुलुस, आमसभा, र्‍याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा, निर्वाचन खर्च गर्दा, मौन अवधि र मतदानको दिन पालना गर्नुपर्ने आचरण लागू गरिएको छ । 

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेपछि अन्तिम परिणाम नआउँदासम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण पनि लागू गरिएको आयोगले जनाएको छ । 

आयोगले एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्य उम्मेदवारको कात्तिक २४ मा र स्थानीय तहका ४८ सदस्य उम्मेदवारको अन्तिम नामावली कात्तिक ३० मा प्रकाशित गर्ने कार्यतालिका छ। 

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। आयोगले एक प्रतिनिधिसभा, तीन प्रदेश सदस्य र ४८ स्थानीय तहका सदस्यको निर्वाचन गर्न लागेको हो।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको कात्तिक २४ र स्थानीय तहका सदस्यका उम्मेदवारको कात्तिक ३० मा अन्तिम नामावली प्रकाशित गर्ने तालिका छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।