शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संयुक्त राष्ट्रसंघ दिवस : विश्वका साझा समस्यालाई सम्बोधन गर्न आग्रह

संयुक्त राष्ट्रसंघ दिवस : विश्वका साझा समस्यालाई सम्बोधन गर्न आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - संयुक्त राष्ट्रसंघ (युएन) दिवसको अवसरमा काठमाडौंमा अन्तरक्रियाको आयोजना गरिएको छ। युनाइटेड नेशन्स एसोसिएसन अफ नेपाल नामक संस्थाद्वारा बिहीबार आयोजित 'शान्ती र विकासका लागि विश्वब्यापी नागरिकता तथा शासनको प्रवर्द्धन' विषयक अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्यले राष्ट्रसंघको भूमिकाबारे प्रकाश पारेका थिए।

पूर्व राजदुत डा. दिनेश भट्टराईले राष्ट्रसंघ अहिले इतिहास कै अत्यन्त जोखिमपूर्ण परिस्थितीबाट गुज्रिरहेको र यसका लागि महाशक्ति राष्ट्रहरुले कुनै उल्लेख्य पहल नगरेको बताए। 

डा. निश्चलनाथ पाण्डेले राष्ट्रसंघका कतिपय सदस्य राष्ट्रहरुले नै आफूले राष्ट्रसंघलाई बुझाउनुपर्ने वित्तिय सहयोगसमेत नबुझाएका कारण राष्ट्रसंघका कतिपय परियोजनाहरु अलपत्र परेका बताए। उनले परिवर्तन भइरहेको हालको विश्व व्यवस्थामा 'पपुलिष्ट' राजनीतिले मानवीय संकटका महत्वपूर्ण चुनौतीहरु ओझेलमा परेकोमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरे।
 
कार्यक्रममा बोल्दै पूर्व राजदूत तथा प्राध्यापक डा. मोहनप्रसाद लोहनीले राष्ट्रसंघले वर्तमान विश्वको साझा समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गर्न असमर्थ रहेकोमा खेद प्रकट गरे। 
   
संयुक्त राष्ट्रसंघ दिवसले सन् १९४५ मा राष्ट्रसंघ स्थापना भएको दिन जनाउँछ। जुन दिन राष्ट्रसंघको विधान लागू भएको थियो। यसको बहुसंख्यक सदस्य मुलुकहरुका साथै यसका पाँच स्थायी सदस्यहरुले हस्ताक्षर गरेपछि यो विधान लागू भएको थियो। विधान लागू भएलगत्तै राष्ट्रसंघको औपचारिक रुपमा स्थापना भएको थियो। सन् १९४८ देखि हालसम्म अक्टोबर २४ को दिनलाई राष्ट्रसंघ दिवसका रुपमा मनाइँदै आइएको छ। 

सन् १९७१ मा राष्ट्रसंघीय महासभाले यस दिनलाई राष्ट्रसंघका सदस्य राष्ट्रहरुले आ-आफ्ना मुलुकमा सार्वजनिक विदा दिइनुपर्ने भनी सिफारिससमेत गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।