शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराले पाइन् न्याय

सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराले पाइन् न्याय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी १४ वर्षीया बालिका पूजा बोहोराले न्याय पाएकी छन्।

सर्वोच्च अदालतले बिहीबार तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्ट्याउँदै जिल्ला अदालत बैतडीको फैसलालाई सदर गरेको हो।

यसअघि जिल्ला अदालत बैतडीका न्यायाधीश हिमाल पाठकको इजलासले बलात्कारमा संलग्न बैतडीका सागर भट्ट र अमर अवस्थीलाई जनही ५० हजार जरिवाना र १३ वर्षको कैद सजाय सुनाएको थियो।

तर मुद्दाको पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीहरु नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले भट्ट र अवस्थीलाई सफाई दिएपछि पीडित पक्षले सर्वोच्च अदालत गुहारेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको इजलास अधिकृत सुर्यप्रसाद भण्डारीले जानकारी दिए।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा परेपछि मुद्दालाई हेर्दा हेर्दैमा थियो। उक्त मुद्दाको बिहीबार सुनुवाई भएको हो।

२०६८ चैत ७ मा एसएलसी परीक्षाका लागि गेस पेपेर किन्न पाटन बजारमा पुगेकी पूजामाथि सामूहिक बलात्कार भएको थियो। उनी बैतडीको कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन गएकी थिइन्।

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो।

त्यसपछि प्रहरीले पूजाको बलात्कारमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। 

पछि पुनरावेदन अदालतका तत्कालीन न्यायाधीश शाही र राजभण्डारीमाथि चरम न्यायिक बिचलन गरिएको भन्दै न्यायपरिषदमा उजुरी समेत परेको थियो। 

न्यायाधीश शाही मंगलबार एउटा बियर कम्पनीको क्षेत्राधिकारबिहीन मुद्दाको सुनुवाई गरेको भन्दै सर्वोच्च अदालतबाट बर्खास्तमा परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।