शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको स्वायत्तताको लागि एकजुट हुनुपर्छ : गगन थापा

राष्ट्र बैंकको स्वायत्तताको लागि एकजुट हुनुपर्छ : गगन थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्र बैंकको स्वायत्तताको लागि एकजुट भएर आवाज उठाउनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंक वित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले राष्ट्र बैंकको स्वायत्ततामाथि सरकार हावी हुँदै गइरहेको भन्दै राष्ट्र बैंकको स्वायत्तता कायम गर्न सबैले आवाज उठाउनुपर्ने बताए।
 
कार्यक्रममा थापाले दुई तिहाइ बहुमत भएर पनि वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन नसकेको टिप्पणी गर्दै भने,‘सरकारको खर्च, राजस्व संकलन, वैदेशिक लगानीलगायतका आर्थिक सूचकहरू हेर्दा उत्साहित हुने अवस्था रहेको छैन यसतर्फ सरकारले ध्यान दिएको छैन।’

उनले सरकारले जनतालाई काम गरेर देखाउने अवसर पूर्णरुपमा प्राप्त गरेको भएपनि त्यसको सही सदुपयोग नगरेको र यस्तो अवसरलाई गुमाउन लागेको बताए।
 
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले बैंकका कर्मचारी युनियनहरु व्यवस्थापन पक्षको लागि मार्गदर्शक रहेको र संस्थाको उन्नतिका लागि उनीहरुले रचनात्मक सहयोग गर्नुपर्ने बताए। 

यस्तै डेपुटी गभर्नर शिवराज श्रेष्ठले राष्ट्र बैंक विशिष्ट उद्देश्य लिएको संस्था रहेको उल्लेख गर्दै बैंकले अवलम्बन गरेको नीतिका कारण वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्