शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न लगानीकर्ताको आग्रह

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न लगानीकर्ताको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले नेपाल धितोपत्र बोर्डको अध्यक्ष जतिसक्दो चाडो नियुक्त गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन्।
 
बिहीबार दुवै संस्थाले विज्ञप्ती जारी गर्दै पुँजीबजार सुधारका लागि बोर्डमा पुँजीबजारका ज्ञातालाई अध्यक्षमा नियुक्त गरी बजारमा रहेको विभिन्न समस्याहरु समाधान गर्ने तर्फ ध्यान दिन अर्थमन्त्रीसमक्ष आग्रह गरेका हुन्। 

विज्ञप्तीमा भनिएको छ, ‘मूलुक राजनीतिक स्थिरतामा प्रवेश गरेसँगै उत्साहित भएका लगानीकर्ताहरु अहिले ओरालो लागिरहेको र लगानीकर्तामा निरासा छाएको भन्दै अर्थतन्त्रको ऐनको रुपमा रहेको शेयर बजारको विकासको लागि बोर्डको अध्यक्ष तत्काल नियुक्त गरि बजारमा देखिएका समस्याको समाधानतर्फ गम्भीर हुन अर्थमन्त्रीलाई आग्रह गर्दछौं।'
 
फोरमको तर्फबाट छोटेलाल रौनियार र संघको तर्फबाट उत्तम अर्यालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको अर्बौंको सम्पत्ति गुमिसकेको सन्दर्भमा जिम्मेवार निकायहरु बेखवर भई गैर जिम्मेबार रहेको आरोप लगाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्