शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खाद्यपूरक सामग्रीलाई औषधिका रुपमा सिफारिस नगर्न विभागको निर्देशन

खाद्यपूरक सामग्रीलाई औषधिका रुपमा सिफारिस नगर्न विभागको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - फार्मेसीले खाद्यपूरक सामग्रीलाई समेत औषधिका रुपमा बिक्री गर्दै आएको समाचार संचारमाध्यममा प्रकाशित भएपछि औषधि व्यवस्था विभागले भिटामिन वा टनिक किसिमका औषधि बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको छ। 

एकभन्दा बढी तत्व समावेश भएका फुड सप्लिमेन्ट र डायटरी सप्लिमेन्टका नाममा यस्ता प्रतिवन्धित औषधिहरु बिरामीलाई सिफारिस नगर्न विभागले सूचना जारी गर्दै निर्देशन दिएको हो। 

नेपालमा दर्ता नै नभएका बिभिन्न ११ प्रकारका पोषण सप्लिमेन्ट र न्युट्रासिटिकल्सको नाम नै उल्लेख गर्दै विभागले फर्मास्युटिकल बनावट (ट्यावलेट–क्याप्सुल–सिरप) गरी गैरकानुनी रुपमा आयात गरी औषधी पसलहरुबाट विक्री वितरण भएको हुँदा यस्ता औषधि पैठारी, बिक्रीवितरण, संचय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सबैमा जानकारी गराएको छ।

विभागले यदि कसैले यस्ता बस्तु बिक्री वितरण गरेको पाइए कारबाही गर्ने सूचनामार्फत चेतावनी दिएको छ। औषधि व्यवसायीहरुले पनि औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) फार्मेसीबाट बिक्रीवितरण नगर्न नगराउन अनुरोध गर्दै आएका थिए।

औषधि व्यवस्था विभागको अनुगमन प्रभावकारी नहुँदा कतिपय फार्मेसीले खाद्यपूरक सामग्रीलाई समेत औषधिका रुपमा बिक्री गर्दै आएको भेटिएको छ। बिरामीलाई गुमराहमा राखेर चिकित्सकले पनि खाद्यपूरक सामग्रीलाई औषधि भनेर सिफारिस गरिरहेको अनुसन्धानका क्रममा भेटिएको हो। 

नेपालमा बिक्री वितरण भैरहेका ८० प्रतिशत भन्दा बढी पोषण सप्लिमेन्ट र न्युट्रासिटिकल्स दर्ता नै नभएको र नेपालमै बिक्री मूल्य तोकेर बिरामीबाट अत्यधिक मूल्य असुल गर्ने काम भैरहेको पाइएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।