बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारी बैठक: नेकपासँगको छलफल बारे जानकारी दिइँदै

कांग्रेस पदाधिकारी बैठक: नेकपासँगको छलफल बारे जानकारी दिइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।

बैठकमा द्वन्द्वकालीन मुद्दा समाधान गर्न गठित आयोगका पदाधिकारी र विधेयकका विषयमा सत्तारुढ नेकपासँग भएको छलफल बारे जानकारी दिइदैछ।

सभापति शेरबहादुर देउवाले नेकपासँग भएको छलफल र प्रस्तावहरुको विषयमा जानकारी गराउने कार्यक्रम रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यसैगरी, विहीबारबाट सुरु हुने कांग्रेसको केन्द्रीय समिति बैठकका अजेण्डाहरुका विषयमा पनि छलफल हुने शर्माले बताए ।

बैठकमा भातृ संगठन, केन्द्रीय विभागका पदाधिकारीहरुको बाँडफाँडलगायतका विषयमा छलफल हुनेछ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूवर्णबहादुर खड्कालगायत सहभागी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।