शुक्रबार, वैशाख १४, २०८१

साफ जित्ने सपना अधुरै, लक्ष्य प्रशिक्षकको

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- परिवारको सदस्य जुन फिल्डमा छ अन्य सदस्यलाई पनि सोही फिल्डमा अगाडि बढ्न प्रोत्साहन गरिन्छ। उनीहरुको लक्ष्य नै परिवारको विरासत थाम्ने हुन्छ। त्यही सपना पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङले पनि देखेका थिए।

बुवा ब्रिटिस लाहुरे भएकै कारण कसैले ठूलो भएर के बन्ने भन्दा उनी एकै श्वासमा भन्थे, ‘लाहुरे बन्छु’। ६ कक्षामा पढ्दा बुबाले लाहुरबाट बल र बुट किनेर ल्याइदिएपछि विजयको मन फुटबल तिर मोडियो। बुवालाई खेलाडी मन पर्ने भएकाले विजयलाई खेलाडी बन्न प्रोत्साहन गरे।

फुटबलमा रुची बढ्दै गएपछि विजयले टोलटोलमा हुने भाले कप, खसी कप जस्ता प्रतियोगिता समेत छोडेनन्।

एन्फा उत्पादनको पहिलो ब्याजका खेलाडी

विजय एन्फा एकेडेमीको पहिलो ब्याजका खेलाडी हुन्। सम्भवतः उनी एन्फाले उत्पादन गरेको खेलाडीमध्ये सबैभन्दा लामो समय राष्ट्रिय टोलीमा बिताउने पहिलो खेलाडी हुन्। विजयले करिब एक दशक राष्ट्रिय सिनियर फुटबल टोलीमा बिताएका थिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ग्रसरुटबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले जिल्लादेखि क्षेत्रसम्म खेलाडी छनोटको थालनी गर्यो। त्यसै क्रमा उनी १२ वर्षको उमेरका पोखराबाट एन्फा एकेडेमीका लागि छनोट भएका थिए।

त्यसपछि उनी एन्फा एकेडेमीमा रहँदै उमेर समूहका सबैजसो प्रतियोगिता खेले। उनले १४ देखि १५, १८, १९ र २३ वर्ष मुनिको उमेर समूहको अनुभव बटुल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। १२ वर्षको उमेरदेखि विजयको पूरै फुटबल जीवन एन्फा मै बित्यो। 

‘अन्डर १६ र १९ बंगलादेशमा खेलेँ। त्यसमा म उत्कृष्ट खेलाडी बनेको थिए। उमेर समूहमा नै मैले उत्कृष्ट प्रदर्शन गर्दै गएँ। हामीले एएफसी यू–१९ क्वालिफाइडमा बंगलादेश र पाकिस्तानलाई हराउँदै अगाडि बढेका थियाैँ। तर तस्रो खेलमा श्रीलंकासँग पराजित हुन पुगेँ’ विजयले सम्झे।

यू–१९ को मुख्य खेलाडीको रुपमा उनले सन् २००३ मा पहिलो पटक एएफसी यू–१९ खेल्दा नेपालले समूह चरण पार गरेको थियो जहाँ विजयको मुख्य भुमिका हरेको थियो।

राष्ट्रिय टोलीमा डेब्यु

लाहुरे बन्ने सपनालाई तोड्दै एन्फा छिरेपछि फुटबल विजयको लत बन्यो। त्यसपछि राष्ट्रिय टोलीको जर्सी लगाउँदै सिनियर टोलीबाट खेल्ने उनको लक्ष्य बन्यो। नभन्दै उनले सन् २००५ मा भएको चौथौ साफ च्याम्पियनसिपबाट भारतविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरे।

त्यसपछि लगातार ९ वर्ष सिनियर टोलीमा बिताउँदा कहिलै बेन्चमा बस्नु परेन। उनले २००५ मा पाकिस्तानमा भएको साफ गोल्ड कपमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरे। त्यसपछि २००८ मा मलेसियामा भएको मेर्डेका टुर्नामेन्टमा अफगानिस्तानविरुद्ध गोल गरेका थिए। २००९ मा भुटानसँग भएको मैत्रीपूर्ण खेलमा पनि उनले गोल गरे।

रिसको झोँकमा सन्यास

विजयले घरेलु मैदानमा आयोजना हुने १० औँ साफबाट अन्तिम खेल खेल्दै सन्यास लिने सोचेका थिए। तर, त्यसो हुन सकेन्। लगातार टोलीमा मुख्य खेलाडी रहँदै आएका उनी एक्कासी टोलीमा नै अटाएनन्। आफ्नो योगदानको कदर नगरेको भन्दै उनले रिसको झोँकमा राष्ट्रिय टोलीबाट सन्यास लिए।

त्यतिबेला उनी ३२ वर्षका थिए। ‘मैले घरेलु मैदानमा १० औँ साग खेल्दै सन्यास लिने योजना बनाएको थिए। तर, टोलीमा नै पारेनन्। अनि आफ्नो फुटबल जीवन नै सक्कियो जस्तो लाग्यो। सहनै सकिनँ र टोलीबाट सन्यास लिएँ,’ विजयले भने।

शन्यासपछि क्लबमा जादु

राष्ट्रिय टोलीबाट सन्यास लिए पनि विजयले फुटबलको माया भने मारेका थिएनन्। त्यसपछि पनि नेपालका स्टार क्लबहरुबाट नेपालका मोफसल र ए डिभिजन लिगहरु उनले खेलिरहे।

व्यवसायिक फुटबलको अधिकांश जीवन थ्री स्टार क्लबमा विताए। सहिद स्मारक ए डिभिजन लिगको उपाधि थ्री स्टारले चार पटक जित्दा उनले तीन पटक जिते। थ्री स्टारलाई ए डिभिजन लिगको तीनवटा उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेले।

उनले व्यवसायिक फुटबल सन् २००४ मा फ्रेन्ड्स क्लबबाट सुरु गरेका थिए। त्यसपछि थ्री स्टार क्लबमा आबद्ध भए। २००९ मा थ्री स्टारलाई ए डिभिजनको उपाधि दिलाएपछि उनी २०१० मा मनाङ मस्र्याङ्दीमा आबद्ध भए। मनाङमा उनी एक वर्ष खेलेपछि उनी पुनः थ्री स्टारमा फर्किए।


सन्यासपछि राष्ट्रिय टोलीमा आह्वान

विजयले राष्ट्रिय टोलीबाट सन्यास लिएको झण्डै एक वर्षपछि उनलाई पुनः राष्ट्रिय टोलीबाट खेल्न एन्फाले अग्रह गरेको गर्यो। तर उनले उक्त आग्रहलाई अस्वीकार गरिदिए। ‘मेरो मनैले मानेन्, राष्ट्रिय टोलीबाट सन्यास लिईसकेको थिएँ। सन्यासपछि फेरि किन फर्किनु भनेर टोलीमा गईन।’ 

उनको त्यही निर्णयले गर्दा कोचका लागि उनले एन्फामा निवेदन दिँदा निवेदन स्वीकृत भएन। ‘अब कोच बन्नुपर्छ भन्ने सोचेर एन्फमा निवेदन दिएँ तर मेरो निवेदन स्वीकृत भएन। मलाई पुनः राष्ट्रिय टोलीमा बोलाउँद नगएको भन्दै एक्सन चलाएको भन्ने सुनेँ।’ उनले भने, ‘मैले त्यस्तो ठूलो गल्ती गरेँ जस्तो त लाग्दैन। नेपाली फुटबललाई दिएको मेरो दोगदानको एन्फाले कदर गर्न सकेन।’

शन्यासमा एन्फाबाट एउटा खादा पनि पाईँन

आफ्नो खेल जीवनबाट एकदम सन्तुष्ट छु। तर जति राम्रो खेले पनि एन्फाबाट केही नपाएको महसुस हुन्छ। विजयले भने, ‘मसँगै खेल्ने धेरै साथीले एन्फाबाट राम्रै सम्मान पाएका छन्। मैले एन्फाबाट शन्यास लिँदा एउटा खाँदा पनि पाइन।’ तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले पाकिस्तानसँगको हारेपछि विजयले मात्र राम्रो खेलेको भन्दै तारिफ गरेका थिए।’ विजयले भने, ‘प्रशिक्षणका क्रममा नाक भाचिँदासमेत मलाई मैदान पठाइएको थियो। यतिसम्मकी घाइते हुँदा सुई लगाएर खेलेको छु। जुन कुरा एन्फाले बुझेन।’ 

राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने सपना

एन्फामा आएको पछिल्लो कमिटीले मलाई फेरी एउटा सपना देख्न बाध्य बनाएको छ। कोच बन्ने मेरो सपना फेरी व्युँतिएको छ। उनले भने, ‘मैले एन्फासँग प्रशिक्षको अनुमति पाउँ भनेर प्रस्ताव गरेका छु, कमिटीले हरियो संकेत दिएको छ।’ 

उनले घरेलु क्लबका लागि प्रशिक्षक बन्ने सपना देखेका छन्। क्लबबाट आफूलाई सफल प्रशिक्षकको रुपमा उभ्याउने सपना उनको छ। ‘मोफसलदेखि नै क्लबलाई सम्हाल्दै राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने लक्ष्य बोकेको छु।’ उनले भने, ‘राष्ट्रिय टोलीमा खेलाडी रहँदा पुरा गर्न नसकेका धेरै सपना प्रशिक्षकको रुपमा पुरा गर्नुछ।’ उनले थपे, ‘पहिलो कुरा त हामीले अहिलेसम्म साफ जित्न सकेका छैनौँ। साफ जिताउने सबै प्रशिक्षको लक्ष्य हुन्छ, मेरो पनि त्यही छ।’

फुटबलबाट राष्ट्रिय फुटसल टोलीमा पुनरागमन

लामो समय राष्ट्रिय फुटलब टोलीमा बिताएका विजय गुरुङले फुटसल टोलीबाट पुनः राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। शन्यासपछि फुटबलको प्यास मेट्न पोखरामा फुटसल खेल्न थाले। उनलाई सधै फुटसल खेलेको देखेपछि राष्ट्रिय फुटसल टोलीका टिम व्यवस्थापक विनोद गुरुङले राष्ट्रिय टोलीबाट खेल्न आग्रह गरे।

उक्त आग्रहलाई स्वीकार्दै विजयले फुटसल खेल्ने ३७ जनाको बन्द प्रशिक्षणका लागि काठमाडौं पुगे। बन्द प्रशिक्षणबाट उनी हाल एएफसी कप फुटसल च्याम्पियनसीप अन्तर्गत सेन्ट्रल तथा दक्षिण एसिया छनोट खेल्ने १४ सदस्यीय टोलीमा अटाएका छन्। उनले भने, फुटसलमा आफ्नो प्रवेशले टिममा केही हदसम्म परिवर्तन ल्याएको छ भन्ने लागेको छ।’

उनले थपे, ‘टिमको कम्बिनेसन र टिम वर्क धेरै राम्रो छ। पहिलेको तुलनामा केही फरक र नँया गर्ने जोशका साथ अगाडि बढेका छौँ।’ पहिलेदेखि नै यसैमा आफू अभ्यस्त रहे पनि अझै धेरै गर्न बाँकी रहेको उनको बुझाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।