शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजालाई भट्टराईको चुनौती : पद चाहिए पार्टी खोलेर चुनाव लड

पूर्वराजालाई भट्टराईको चुनौती : पद चाहिए पार्टी खोलेर चुनाव लड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहलाई डा.बाबुराम भट्टराईले चुनाव लड्न चुनौती दिएका छन्। पछिल्लो समय पूर्व राजपरिवारले राजनीतिक सक्रियता बढाइरहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले चुनाव लड्न चुनौती दिएका हुन्।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पनि चुनौती दिए।

गोर्खामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले भने,‘राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका हौं। राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दैन, कुनै हालतमा राजतन्त्र आउँदैन, आउन पनि हुँदैन। पदमा आउने त्यती नै चाहना छ भने चुनाव लडेर आउँदा हुन्छ।’ 

लोकतन्त्रले सबैलाई चुनाव लडेर आउने अवसर दिएको भन्दै भट्टराईले अगाडि भने,‘जातीय र वंशीय आधारमा देश चलाउने दिन समाप्त भएको छ। लोकतान्त्रिक गणतन्त्रपश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ। एजेण्डासमेत फेरिएको छ।’

‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाई पनि उठाए हुन्छ। जनताले चुनाव जिताए भने देश चलाए हुन्छ। हामीलाई त्यसमा कुनै आपत्ति छैन।’, भट्टराईले भने।
 
चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत रहेको उनले बताए। उनले भने, 'जनताले अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्रीसँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन। हामी अब गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।