शुक्रबार, वैशाख १४, २०८१

नेकपाको ‘लिट्टी’ मा बामदेवको अमिलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- दसैं तिहार र छठको उपलक्ष्यमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार चियापान तथा शुभाकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो ।

दुई भागमा बाँडिएको कार्यक्रमको पहिलो भाग अर्थात १२ बजेदेखि ३ बजेसम्म सर्वसाधारणलाई र  विशिष्टहरुका लागि ३ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको थियो।

कार्यक्रमको पहिलो चरणमै अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरे। 

प्रधानमन्त्री ओलीले देशमा समृद्धि आइसकेको दाबी गर्दै सबैलाई आँखा खोलेर हेर्न सुझाव दिए। देशमा वैदेशिक लगानी बढेको, संविधान कार्यान्यवन भइरहेको दाबी प्रधानमन्त्रीको थियो।

अर्का अध्यक्ष ‘प्रचण्ड’ ले भने चिनियाँ राष्ट्रपतिको भ्रमण एतिहासिक भएको दाबी गरे। अमेरिका, चीन र भारतलाई मिलाउन नेपाल सफल भएको प्रचण्डले बताए।

अर्कोतर्फ कार्यक्रममा आएकाहरुले लिट्टी, नमकिन, लड्डु र केरा खाँदै थिए। 

मिठाई खाएर शुभकामना आदानप्रदान गरिरहेका नेकपाका नेता तथा कार्यकर्ताहरुका लागि सचिवालय सदस्य बामदेव गौतमले भने ‘अमिलो’ कुरा गरे।  

कार्यक्रमस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गौतमले पार्टीमा आलोपालो प्रधानमन्त्री हुने सहमति बारे चर्चा गरे।

उनले भने, ‘आलोपालो प्रधानमन्त्री हुने भनेर सहमति भएकै हो, अब कार्यान्वयन हुनु पर्छ।’

पार्टीको समायोजन प्रक्रियामा ढिलाई भएको भन्दै गौतमले असन्तुष्टि व्यक्त गरे।

सचिवालय बैठकमा केही नेताहरुको असन्तुष्टि र समय अभावका कारण मन्त्रिमण्डलमा हेरफेर हुन नसकेको बताएका उनले अब  केही दिनभित्रै पार्टीको समायोजन टुंगिने र मन्त्रिपरिषद् पूनर्गठन हुने पनि जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गरेपछि २ बजे नै गौतम भृकुटीमण्डपको पछाडितिरको गेटबाट हतारिंदै बाहिरिएका थिए  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।