शुक्रबार, वैशाख १४, २०८१

सांसद साहलाई रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम– विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहको रिहाईको माग गर्दै राष्ट्रिय जनता पार्टी९ राजपा० नेपालले जनकपुरमा प्रदर्शन गरेको छ । 

साहलाई बिना शर्त रिहा गर्नुपर्ने भन्दै राजपाले बुधबार बिहान जनकपुरमा यातायात ठप्प पारेको हो।

प्रदर्शनकारीहरुले जनकपुरको रामानन्द चोकमा टायर बालेर विहान एक घण्टा सडकअवरुद्ध गरेका थिए। प्रदर्शनका कारण जनकपुर( ढल्केबर सडकखण्ड अवरुद्ध भएको थियो ।

त्यस्तै राजपाले जनकपुरको कदमचोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ भने बुद्ध एयरलाई बहिष्कार गर्न कार्यकर्ताहरुलाई आग्रहसमेत गरेको छ।

विमान ढिलो भएको र विशिष्ट कक्षमा सुविधा नभएको भन्दै सांसद साहले बुद्ध एयरको जनकपुर विमानस्थलस्थित चेकइन काउन्टरमा तोडफोड गरेपछि प्रहरीले उनलाई मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ गरेको थियो। 

जनकपुर विमानस्थल कार्यालयले दिएको जाहेरीको आधारमा अदालतबाट आदेश लिएर प्रहरीले साहलाई पक्राउ गरेको हो। 

पक्राउ परेका साहलाई काठमाडौंबाट जनकपुर ल्याएलगत्तै राजपाका कार्यकर्ताहरुले मंगलबार पनि जनकपुरमा प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सांसद साहलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत धनुषामा उपस्थित गराइएकाे छ । अदालतले उनलाई ४ दिन थुनामा राख्न आदेश दिएकाे छ । 

सांसद साह पक्राउ परेपछि जनकपुर विमानस्थलका साथै शहरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।