शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजपा सांसदको दादागिरी : विमान ढिलो आएको भन्दै विमानस्थलमै तोडफोड

राजपा सांसदको दादागिरी : विमान ढिलो आएको भन्दै विमानस्थलमै तोडफोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। नियमित समयभन्दा विमान ढिलो भएको आक्रोश पोख्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका हुन्।

११:३० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौं जान साह विमानस्थल पुगेका थिए। तर जहाज करिब एक घण्टा ढिलो भएपछि आक्रोशमा आएका साहले विमानस्थलभित्र बुद्ध एयरको काउन्टरका साथै विशिष्ठ कक्षको टेबल तोडफोड गरे। तोडफोडबाट बुद्ध एयरको काउन्टरको सीसाका साथै कम्प्युटरमा क्षति पुगेको छ।

‘एयर ट्राफिकको कारण विमान नियमित समयभन्दा करिब एक घण्टा ढिलो भयो,’ बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले भने, ‘विमान किन ढिलो भएको भन्दै आक्रोशमा आएर सांसदज्यूले काउन्टरमा तोडफोड गर्नु भयो।’

यसका साथै सांसद साहले विशिष्ठ कक्षभित्र रहेको सीसाको टेबलसमेत तोडफोड गरेको बताइएको छ। 

‘सांसद साहले बुद्ध एयरको काउन्टरमा बबाल गर्नु भयो, विशिष्ठ कक्षको टेबल सीसाको ग्लास फुटालेको हामीलाई जानकारी आयो,’ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले भने, ‘त्यस लगत्तै डीएसपीको कमाण्डमा अनुसन्धान टोली पठायौं। अवरोध गरेकोले कानुनी कारबाही गर्ने तयारी थियो। तर बुद्ध एयरले सांसद भएको भन्दै कारबाही नगर्न आग्रह गरेपछि उहाँलाई यात्रा अनुमति दिइएको छ।’

यात्रा अनुमति दिइए पनि साहले गरेका व्यवहारबारे सत्यतथ्य बुझेर के गर्नेबारे निक्र्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी कँणेलले बताए। सांसद साहले बुद्ध एयरसमक्ष आत्मालोचना गरेको जानकारी दिएका छन्।

विशिष्ठ कक्षमा चियाको व्यवस्था नभएको र विमान ढिलो हुँदा आक्रोशमा आएर तोडफोड गरेको जानकारी आफूलाई आएको प्रमुख जिल्ला अधिकारी कँणेलले बताए।

के भन्छन् सांसद साह ?

सांसद साहले एकजना बिरामीको अवस्था बिग्रिँदै गए पनि विमान समयमा नआउँदा आक्रोशमा आएर आफू बुद्ध एयर र विशिष्ठ कक्षभित्र रहेको टेबलमा लातीले हिर्काएको बताए। 

‘बिरामीको अवस्था खराब हुँदै गइरहेको थियो। विमान तीन घण्टा ढिला हुँदासमेत कसैले चासो दखाएन,’ नेपाल समयसँग कुरा गर्दै सांसद साहले भने, ‘सिडिओदेखि विमानस्थलका प्रमुखसमेतलाई पटकपटक जानकारी गराउँदासमेत पहल नभएपछि यस्तो गर्नु पर्यो।’

‘विमानस्थलमा भिआइपी कक्ष बनाइएको छ, तर भिआइपीजस्तो व्यवहार गरिँदैन। किन बनाउनु पर्यो भिआइपी कक्ष?’ उनले भने। जनकपुर उडान भर्ने विमानलाई नियतवश ढिलो गर्ने गरिएको उनको आरोप छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।