शुक्रबार, वैशाख १४, २०८१

आफ्नै घरमा परपुरुषसंग भेटेपछि पत्नीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीमा एक ब्यक्तिको आफ्नो पत्नी को हत्या गरेका छन्।

लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने धिरेन्द्र थापाले कुटपिट गरेर पत्नी जानकी विक थापाको हत्या गरेको प्रहरीले जनाएको छ । असोज २१ गते पतिको कुटपिटबाट बेहोस बनेकी जानकीको आइतबार राति मृत्यु भएको हो । 

२१ गते कुटपिट भएपनि प्रहरीले घटनाका विषयमा २४ गते मात्रै जानकारी पाएको थियो । प्रहरीले २४ गते अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाएको थियो ।
 
उक्त अस्पतालमा उपचार नभएपछि घर फर्काइएकी उनलाई पुनः लम्कीस्थित लालरत्न अस्पताल हुँदै सेती अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग भेटेपछि जानकीलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटमा संलग्न धिरेन्द्रलाई पक्राउ गरि घटनाको अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।