शनिबार, वैशाख १५, २०८१

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मोरङ- विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । 

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी ९बहरदार० को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । 

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ । 

सासू र जेठानी  भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ ।

कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।