शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीको स्वागतमा राष्ट्रपति र प्रधानमन्त्री नै विमानस्थल पुग्ने

सीको स्वागतमा राष्ट्रपति र प्रधानमन्त्री नै विमानस्थल पुग्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सरकारले उच्च महत्व दिएको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागका लागि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली विमानस्थल पुग्ने भएका छन् ।
 
चिनियाँ राष्ट्रपति सी चिनफिङ आज (शनिबार) अपरान्ह साढे ४:३० देखि ५:३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने कार्यक्रम छ । उनलाई स्वागत गर्न राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायतका उच्च पदस्थहरु विमानस्थल जाने भएका छन् ।
 
नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गर्ने छिन् । राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ ।
 
गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनेछिन् । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने भएका छन् । ‘गार्ड अफ अनरको स्थान यसपटक एयरपोर्टमै तोकिएको छ ।
 
तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका अधिकारीहरू विमानस्थलमै पुगेका थिए ।
 
राष्ट्रपति सीको भ्रमणलाई पनि विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो ।

यस्तो छ सीको कार्यतालिका

चिनियाँ राष्ट्रपति सी अपराह्न ४:३० देखि ५:३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

विमानस्थलबाट सिधै सोल्टी होटल पुगेर केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास जनेछन्। भेटवार्ता साँझ ६:३० का लागि तय गरिएको छ।
 
भेटमा दुई देशीबीचको सम्बन्ध विस्तारका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि राष्ट्रपति भण्डारीले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी सहभागी हुनेछन्।

आइतबार बिहान १०:३० बजे राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र सीबीच औपचारिक भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली र सीबीच एकान्त वार्ता पनि हुने जनाइएको छ ।
 
परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटवार्ताअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार बिहान सीले भेट गर्ने कार्यक्रम छ। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार साँझ नै भेटवार्ता गर्ने तय भएको छ।

भ्रमण सकेर आइतबार दिउँसो १२:३० देखि १:०० बजेको समयमा सी स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।