शनिबार, वैशाख १५, २०८१

नेपाल र हङकङको खेल आज, हेड टु हेडमा को अघि ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ओमानमा जारी पाँच राष्ट्रबीचको टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज हङकङसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ।ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।

सिंगापुरमा त्रिकोणात्मक टी-२० सिरिज खेल्दै ओमान पुगेको नेपाल हङकङविरुद्ध मैदान उत्रदा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। यता हङकङ पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा फर्किन चाहान्छ।

पहिलो जितको खोजीमा रहेको हङकङले आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजय भोगेको थियो। त्यसैले हङकङ आफ्नो दोस्रो खेलमा नेपाललाई हराउने योजनामा हुनेछ। किनकि अघिल्ला खेलमा नेपालविरुद्ध हङकङ केही हावी देखिएको छ। 

हेड टु हेड

नेपाल र हङकङको हेड टु हेड खेलका आधारमा हङकङ अघि देखिएको छ । नेपाल र हङकङले हालसम्म ७ पटक टी-२० अन्तर्राष्ट्रिय खेलमा आमने सामने भएका छन्। जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा बाजी मारेको छ।  सन् २०१४ काे टी-२० विश्वकपयता नेपालले हङकङविरुद्ध जित निकाल्न सकेको छैन। उक्त विश्वकपमा ८० रनले विजयी भएको नेपालले सन् २०१४ मा श्रीलंका टुरमा रहँदा हङकङसँग २ विकेटले खेल गुमाएको थियो।

श्रीलंका टुरमा रहँदा नेपाल र हङकङबीचका तीन खेल भने वर्षाका कारण स्थगित भएका थिए। त्यस्तै सन् २०१५ मा भएको आईसीसी विश्व टी-२० क्वालिफायरमा नेपाल ५ विकेटले पराजित भएको थियो।

हङकङपछि नेपालले सोमबार नेदरल्याण्डसँग खेल्नेछ। त्यस्तै, बुधबार आयरल्यान्ड र बिहीबार आयोजक ओमानसँग खेल्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।