शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भारतीय वित्तमन्त्रीलाई अर्थमन्त्रीको आग्रह : भारुको समस्या समाधान गर्नुस्

भारतीय वित्तमन्त्रीलाई अर्थमन्त्रीको आग्रह : भारुको समस्या समाधान गर्नुस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन भारतको दिल्ली पुगेका अर्थमन्त्री युवराज खतिवडा र भारतका वित्तमन्त्री निर्मला सितारमणबीच भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा अर्थमन्त्री खतिवडाले भारतले नोटबन्दी लगाउनुपूर्व नेपालमा मौज्दातमा रहेको भारतीय ५०० र एक हजारको नोट साट्नको लागि वित्तमन्त्री सितारमणसँग आग्रह गरेका छन्।

हाल नेपालसँग भारु ५ करोड रहेको छ। तर अनौपचारिक रुपमा भने करिब ५० करोड भन्दा बढी रहेको बताइएको छ। नेपालका विभिन्न जिल्लाका नागरिकहरु भारतमा गएर काम गर्ने र त्यहाँबाट कमाएको भारतीय रकम नेपालमा ल्याउने गरेका छन्। त्यस्तै काठमाडौंमा पसल गरेर बसेका भारतीयहरु  र उनीहरुसँग पनि पाँच सय र हजारको नोट हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आफूसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन पनि वित्तमन्त्री समक्ष अर्थमन्त्री खतिवडाले अनुरोध गरेका छन्।

अर्थमन्त्री खतिवडाले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरेका छन्। उनले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए। खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्तहुने अपेक्षा रहेको बताए।

सो अवसरमा भारतका वित्तमन्त्री सितारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौंदेखि भएको उल्लेख गर्दै आगामी दिनमा नेपाल भारत सम्बन्ध थप सशक्त्त हुने बताइन्। उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्