शनिबार, वैशाख १५, २०८१

प्रहरी भ्यानमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- जनकपुरमा प्रहरी भ्यान र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका घरभइ हाल जनकपुरधाम-४ मा डेरा गरी बस्दै आएका १८ वर्षीय मनिष मण्डल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
यसैगरी दुर्घटनामा घाइते जनकपुर–४ बस्ने १६ वर्षीय नजीरुल अंसारीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मुरली चोकबाट राम चोकतर्फ गइरहेको अनटेस्ट पल्सर २२० मोटरसाइकल र विपरित दिशाबाट आइरहेको प्रदेश प्रहरी गणको ना १ ग ४७९ नम्बरको भ्यान जनकपुरको रामचोकमा ठोक्किदा दुर्घटना भएको हो।

यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् । खनालले भ्यानका चालक प्रहरी हवल्दार सन्तबहादुर थापालाई नियन्त्रणमा लिइ हिरासतमा राखिएको जानकारी दिए।

प्रत्यक्षदर्शीहरुका अनुसार तीब्र गतिमा रहेको मोटरसाइकल प्रहरी भ्यानमा ठोकिएको थियो । दुर्घटनापश्चात मोटरसाइकल उछिनिएपछि पूजाअर्चना गरी फर्किहरेका केही महिलाहरु समेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दशैंको चहलपहल बढेयता जनकपुरमा कतिपय युवाहरु तीव्र गतिमा मोटरसाइकल चलाउने क्रम बढेको छ । विशेषतः बिहान र साँझ मन्दिरका साथै सडकमा श्रद्धालुहरुको भिडभाड रहने गरेको भएपनि तीब्र गतिमा मोटरसाइल चलाउनेहरुलाई प्रहरीले कारबाही नगर्दा दुर्घटना हुनेगरेको स्थानीयको भनाइ छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।