शुक्रबार, वैशाख १४, २०८१

महरा काण्डले मच्चियो हंगामा : ४८ घण्टामा के के भयो ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले सभामुख कृष्णबहादुरमाथि लागेको बलात्कार आरोप, उनले दिएको राजीनामा र आरोप लगाउने महिलाले फेरेको बयानलाई मुख्य समाचार बनाएका छन् ।
 
कान्तिपुर दैनिकले त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले सभामुख महराद्वारा राजीनामा शीर्षकमा खबर लेखेको छ । 

नागरिक दैनिकले महराको राजनीतिक भविष्य नै अन्योलमा शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले सभामुखको उधारो राजीनामा शीर्षकमा खबर लेखेको छ । 

त्यो प्रतिप्रश्न, जसका कारण दिए महराले राजीनामा

कान्तिपुरमा प्रकाशित समाचारअनुसार सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे । 

यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कानमा पुग्दा रात छिप्पिन लागिसकेको थियो । 

भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटार पुगे । तर महरा खुल्न चाहेनन् । पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपालि ती महिलाको कोठामा नगएको जिकिर गरे । 

त्यसपछि सोधपुछका लागि अध्यक्ष दाहाल आफैं गए । ‘महराले त्यही कुरा दोहोर्‍याउनुभयो,’ स्रोतले भन्यो, ‘तर दाहालले यस्तो टालटुले जवाफले हुँदैन भन्नुभएपछि उहाँले थप जवाफ दिनुभएन ।’

महरासँग छोटो कुराकानीपछि दाहाल परामर्शका लागि प्रधानमन्त्री ओलीलाई भेट्न उनकै निवास पुगे । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पहिल्यै त्यहाँ पुगिसकेका थिए । तीनै जना भेला भएपछि ओलीले महरालाई फोन गरे 

। महराको बोली फेरियो । स्रोतका अनुसार ओलीसँगको फोनमा महराले भने, ‘म ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन ।’

दुई अध्यक्षसँग केही समयको अन्तरालमा भएको संवाद नै बाझिएपछि ओलीले महरालाई आफूले आइतबार साँझ भएका घटनाका सबै रिपोर्ट पाइसकेकाले झूट नबोल्न भने । त्यसपछि महराले भने, ‘म छानबिनका लागि बाटो खोलिदिन्छु ।’ लगत्तै फोन काटियो ।

अध्यक्षद्वयले तुरुन्तै सचिवालय बैठक बोलाउने निधो गरे । बिहान ११ बजे बसेको सचिवालय बैठकमा महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने निर्णय भयो । प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई निर्णयको जानकारी गराए ।

‘सचिवालय बैठकले महरा आइतबार साँझ ती महिलाको डेरामा गएकै हुन् भन्ने निष्कर्ष निकालेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सुरक्षा स्रोतबाट प्रधानमन्त्रीलाई भएको रिपोर्टिङमा पनि त्यही ब्रिफिङ छ ।’ सचिवालयले निर्णय गरेको करिब आधा घण्टापछि महराले सभामुख पदबाट राजीनामा दिए ।

फेरिए बयान

सोमबार साँझदेखि मंगलबार साँझसम्म आइपुग्दा महरा र पीडित महिलाको बयान बारम्बार फेरिएको छ । 

सोमबार महराबाट बलात्कार प्रयास नै भएको बताएकी महिलाले मंगलबार साँझ आफूलाई उनले केही पनि नभनेको र उनी आफ्नो कोठामा आउँदा पनि नआएको अन्तर्वार्ता एक अनलाइनलाई दिएकी छन् ।

उनले सोमबार ‘हाम्राकुरा डट कम’लाई महराले आफूलाई बलात्कारको प्रयास गरेको बताएकी थिइन् । उनीसँग भिडियो अन्तर्वार्ता भइरहँदा महराले गरेको टेलिफोन नम्बर पनि उनको मोबाइलमा देखिएको थियो । 

मंगलबार नागरिकखबरसँगको भिडियो कुराकानीमा भने उनले सभामुख महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको बताएकी छन् । ‘आइतबार साँझ मेरो कोठामा कोही पनि आएको थिएन, उहाँसँग सिंहदरबारमा कहिलेकाहीं मात्रै भेट हुन्छ, उनले पछिल्लो अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले त धेरै भयो भेट पनि भएको छैन ।’

उता ती महिलाको कोठामा जाँदै नगएको भनेर सुरुवाती वक्तव्य निकालेका महराले पछि आफू त्यहाँ पुगेको भनेर दिएको अन्तर्वार्ता अनलाइनमा सार्वजनिक भएका थिए ।

महराको राजनीतिक भविष्य नै अन्योलमा

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो।

मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

महरामाथि लागेको आरोपले पार्टीलाई पनि क्षति पुर्‍याउने निष्कर्षसहित नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देश गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।