शुक्रबार, वैशाख १४, २०८१

उजुरी परे महरा पक्राउ पर्छनः प्रहरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सभामुख कृष्णबहादुर महराले एक महिलालाई बलात्कार गरेको अरोपको घटनामाथि अनुसन्धान शुरु गरेको प्रहरीले महरालाई पक्राउ गर्न भने पीडितको उजुरी पर्खेको जनाएको छ । 

आइतबार राति  महराले संसद सचिवालयमा कार्यरत महिलालाइ उनी बस्ने तिनकुनेस्थित  डेरामा पुगेर बलात्कार गरेको आरोप लागेको छ । 

आइतबार राति नै उक्त घटनाको जानकारी पाएपछि ती महिलाको डेरामा पुगेर सामान्य विवरण संकलन गरी फर्केको प्रहरीले मंगलबार महराले राजीनामा गरेपछि पुनः केही सामाग्री संकलन गरेको छ ।

प्रहरीले महिलाको कोठबाट महराले प्रयोग गर्ने  भनिएको भाँचिएको चस्मा, जुत्ताको तलुवा र रक्सीको बोतल लगायतका सामाग्री बरामद गरेको हो । 

नेपाल समयसँग कुरा गदै महानगरीय प्रहरी परिसरका प्रमुख, एसएसपी उत्तमराज सुवेदीले  भने “पीडितले प्रहरीको कन्ट्रोल नम्बर १०० मा टिपाएको उजुरीका आधारमा अनुसनधान अगाडि बढेको छ । जाहेरी पर्‍यो भने हामी उहाँ (पुर्व सभामुख महरा) लाई नियन्त्रणमै लिएर अनुसन्धान गर्छौं ।” 

सुवेदीका अनुसार लिखित उजुरी नपर्दासम्म महरा पक्राउ पर्ने छैनन् । 

आइतबार राति करिब ९ बजे पीडित भनिएकी महिलाले प्रहरीको १०० नम्बरमा फोन गरी बलात्कार भएको जानकारी गराएपछि प्रहरी राति नै उनको डेरामा पुगेको थियो । 

बानेश्वर प्रहरी वृतकी डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले  घटनास्थलको मुचुल्का संकलन गरेको र ती महिलालाई मेडिकल जाँच गराउन भनी फिर्ता भएको थियो ।

महराका विरुद्ध पीडित महिलाले मंगलबार साँझसम्म किटानी जाहेरी दिएकी छैनन् । उनको स्वास्थ्य परिक्षण समेत गरिएको छैन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।