शुक्रबार, वैशाख १४, २०८१

पत्रकार तत्काल पुनर्बहाली नगरे आन्दोलन चर्काउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले रेडियो नेपालबाट निष्काशित पत्रकारलाई तत्काल पुनर्बहाली नगरे महासंघले देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

पत्रकार महासंघको आयोजनामा सोमबार बानेश्वरमा आयोजित विरोध प्रदर्शनमा अध्यक्ष आचार्यले उक्त चेतावनी दिएका हुन्। एक दशक लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारलाई रेडियो नेपालले बिना कारण निष्कासन गर्नु घोर भत्र्सनायोग्य कार्य हो भन्दै आचार्यले तत्काल पुनर्बहाली नगरे महासंघ सशक्त आन्दोलनमा उत्रिने बताए।

सबै सञ्चारमाध्यमलाई श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न र दसैँ खर्च उपलब्ध गराउन माग गर्दै आचार्यले ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहमा ताला लगाउनुपर्ने अवस्था नआवस् भन्दै सचेतसमेत गराए।

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित पत्रकारको तत्काल पुनर्बहाली नगरे रेडियो व्यवस्थापन र सरकारका विरुद्धका देशभर आन्दोलन चर्काउने चेतावनी दिए। सञ्चारकर्मीले लामो समयदेखि गरिरहेको आन्दोलनलाई रेडियो व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै सिग्देलले तत्काल पुनर्बहाली नगरे ठूलो मूल्य चुकाउनुपर्ने बताए।

बिरोध प्रदर्शनपछि आयोजित कोणसभामा महासंघका उपाध्यक्ष दिलिप थापा, महासंघका केन्द्रीय सदस्य मीन बम, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुँयाल, आदिवासी जनजाति महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस संघका अध्यक्ष केशव शर्मालगायतले मन्तव्य राखेका थिए।

रेडियो नेपालले प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत सुनिता रावल, चक्र कुँवर र प्रकाश बमलाई बिना कारण निष्कासन गरेको विरोधमा महासंघ चरणबद्ध आन्दोलनमा उत्रेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।