शनिबार, वैशाख १५, २०८१

फोर्स मर्जर नै अन्तिम विकल्प : गभर्नर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले फोर्स मर्जर नै अन्तिम विकल्प भएको बताएका छन्। उनले नेपाल राष्ट्र बैंकले पहिले स्वेच्छिक मर्जरको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई प्रेरित गरिएको भएपनि यदी उनीहरु मर्जरको लागि नगएमा राष्ट्र बैंकले फोर्स मर्जर नीति ल्याउनले स्पष्ट पारे।
 
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले भने,‘अहिले मर्जरका लागि प्रेरित गरिहेका छौं, यसले काम नगरे फोर्स मर्जर अनिवार्य छ, जुनसुकै दिन फोर्स मर्जरको नीति आउँछ।’
 
उनले सर्वसाधारणको निक्षेप सुरक्षित गर्नको लागि पनि फोर्स मर्जर अनिवार्य भइसकेको बताउँदै अमेरिका जस्तो लोकतान्त्रिक देशले समेत फोर्स मर्जर गराएको उदाहरण दिँदै भने, 'नेपालले त अहिलेसम्म मर्जरका लागि प्रेरित मात्रै गरिरहेको छ।'
 
‘अमेरिकाले जबरजस्ती मर्जर गराएको थियो, मैले त समय दिएको छु, चाँडै आउनुस, नत्र समय तोकिदिन्छु’, गभर्नर नेपालले थपे। उनले मर्जरका लागि १९ बाणिज्य बैंकले आशय व्यक्त गरेको बताए । 

नेपालले बैंकहरुको अस्वस्थ प्रतिष्पर्धा रोकी आइटी क्षेत्रमा लगानी बढाएर सर्वसाधारणको रकम सुरक्षित बनाउन पनि मर्जर आवश्यक भएको दाबी गरे। उनले देशको अर्थतन्त्रको आकार र परिस्थितीलाई मध्यनजर गर्दै लघुवित्त कम्पनीहरुलाई मर्जरमा पठाउन लागेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्