काठमाडौं - नेपाल आज (सोमबार) बाट खुलादिसामुक्त राष्ट्र भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरे।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४