शुक्रबार, वैशाख १४, २०८१

सुनको भाउ घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली लगातार बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला रु. ७० हजार २०० मा कारोबार भएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला रु. ७० हजार ८०० मा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार प्रतितोला रु. ६०० ले घटेको छ। 

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु. ७० हजार ५०० मा कारोबार भएकोमा आइतबार भने प्रतितोला रु. ६९ हजार ९०० मा कारोबार भएको छ। तेजाबी सुन पनि प्रतितोला रु. ६०० ले घटेको हो। 

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो। यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु. १५ ले घटेर प्रतितोला रु. ८४५ मा कारोबार भएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्