शनिबार, वैशाख १५, २०८१

क्यान निर्वाचन : अध्यक्षका चुनावी घोषणा यस्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
विनयराज पाण्डे

आईसीसीले एउटा उदाउँदो क्रिकेट संघको रुपमा क्यानलाई हेरेको छ। खेलाडीको मेहनतले गर्दा नेपाली क्रिकेटको अवस्था सुधारिएको त छ तर, संघको अवस्था भने शून्य अवस्थामा रहेको छ। सबैलाई मिलेर जाउँ भन्दा सबैको एउटै प्रश्न आयो, ‘सबैको सोचाई एउटै रह्यो मलाई कुन पद दिने?

सामान्य निर्वाचन भएको भए त्यो कुरा ठिक थियो। यो कुनै कानुन बनाउने र झगडा गर्ने निर्वाचन हैन। हामी साढे तीन वर्ष निलम्बन भएर बस्यौं। तर, क्यानमा आउने पदाधिकारीहरुको सोंचमा परिवर्तन आएको छैन। यस अघिका दुई निर्वाचनमा हामीले सहभागिता जनाएका थिएनौं।
 
यस अघिका दुई निर्वाचनले संघलाई यस्तो अवस्थामा पुर्‍याउँछ भन्ने सोचेकै थिएन। पछिल्लो निर्वाचनलाई म निर्वाचन नै भन्दिन। किनकी पछिल्लो निर्वाचनले आधाभन्दा बढी पदाधिकारीलाई बाहिर राख्दै निर्वाचन गरेको थियो।
 
नेपाली क्रिकट संघ निलम्बन हुनुपूर्व यू–१५, यू–१७, यू–१९ जस्ता प्रतियोगिताहरु संचालनमा थिए। तर, पछिल्लो निर्वाचनले सबै भत्काएको छ। यो चुनाव कुनै विवादित हुँदैन। यो चुनाव कुनै गोप्यरुपमा गरिन लागेको छैन। यस चुनावलाई आईसीसीले समेत प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ। यदी कुनै कारणबस निर्वाचन रोकिए वा कुनै विषयलाई लिएर अदालतमा गए नेपाली क्रिकेटको अवस्था जिम्बाब्वे बन्ने छ।

यदी अर्को पक्षले आफूसँग राम्रो टिम भएको भन्दै मलाई विश्वास दिलाउन सक्छ भने म सहमतिमा जान तयार छुँ। क्यानलाई निलम्बित गर्ने टोलीले नै मसँग राम्रो टिम छ भन्दैमा हामीले कसरी विश्वास लिने। अर्को पक्षको नयाँ समितिमा आउन लागेका १४ सदस्यले क्रिकेट नै बुझेका छैनन्।

निर्वाचनमा पराजित भएपनि कमिटीले कुनै पनि विषयको छलफलका लागि बोलाए अवस्य सहभागी हुने छुँ। म क्रिकेटको विकासका लागि जहिलेपनि उपस्थित हुने छुँ।
 
मेरो पहिलो एजेन्डा भनेको निलम्बन फूकाउने हो। निलम्बन फूकाउनु भनेको भोलिका दिनमा हरेक पाँच पाँच रुपैयाँको हिसाब बुझाउने हैन। पूर्व रुपमा स्वतन्त्र बनाउने हो। दोस्रो भनेको बिग्रेको संरचनालाई पुनर्स्थापित गर्नु हो।

हामीले दुई वा तीन दिने प्रतियोगिता संचालन गर्ने वित्तिकै हामी टेस्ट राष्ट्रको स्थानमा पुग्न सक्छौं। क्रिकेटमा ४५ वर्ष पदाधिकारी भएर बिताएको भएकाले नेपाली क्रिकेटको सम्पूर्ण अवस्था मलाई थाहा छ।

चतुर बहारदु चन्द 

केन्द्रबाट जिल्ला संघलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु आवश्यक छ। प्रदेश स्तरको घरेलु संरचना निमार्ण गर्ने, क्षेत्र स्तरका प्रतियोगितालाई राष्ट्रिय स्तरका र राष्ट्रिय प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक छ। यसका लागि मेरो विशेष जोड रहनेछ।

नेपाली टोलीलाई स्तरीकरण गरेर खेलाडीको पारिश्रमिकलाई पनि समायोजन गर्नेछौं। क्रिकेट क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउन राष्ट्रिय लिगको सुरुवात गर्नेछौं। मेरो नेतृत्वमा समिति गठन भएपनि कुनै विवाद हुने छैन। तर, आईसीसीले हाम्रो टोलीलाई संकाको नजरमा हेरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।