शनिबार, वैशाख १५, २०८१

सुरु भयो तिलोत्तमा लगानी सम्मेलन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा तिलोत्तमा लगानी सम्मेलन सुरु भएको छ। 

लगानी सम्मेलनलाई पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाट्न गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकार लगानीका लागि सुरक्षित वातावरण निर्माणतर्फ लागिपरेको बताए। 

उनले भने, ‘निजी क्षेत्रले सुरक्षा र स्वतन्त्रता चाहन्छ, हामी त्यो वातवरण दिन तयार छौं। राष्ट्रिय पूँजिको विकास गर्दै दलाल पूँजिलाई नियन्त्रण गर्नु सरकारको दायित्व पनि हो। सरकार त्यसतर्फ लागिपरेको छ।’

अध्यक्ष प्रचण्डले दलला पूँजिले कहिल्यै देशकोलागि हित हुने काम नगर्ने, त्यसले केबल मालिकको लागि मात्रै काम गर्ने दाबी गरे। आफ्नो भाषणमा उनले बारम्बार जोड दिँदै भने, ‘दलाल पूँजिको नियन्त्रण गर्दै राष्ट्रिय पूँजिको विकास गरेमा मात्रै समृद्धि सम्भव छ।’

उनले अढाईसय वर्ष पुरानो तानाशाही, निरंकुशताबादी जर्जरबाट आन्दोलनको बलमा फेरिएको शासन व्यवस्थामा चमत्कारीक परिवर्तन खोज्नु अलि ठीक नहुने बताए। ‘अढाईसय वर्ष पुरानो यति धेरै थुप्रिएको फोहर सफा गर्न समय लाग्छ। अहिले आत्तिहाल्नु जरुरी छ्रैन। संविधान बनेर निर्वाचन भएको बल्ल डेढ वर्ष भएको छ। डेढ वर्षमै चमत्कारिक अपेक्षा गर्दै नकारात्मक अभिव्यक्ति दिनु ठीक हुँदैन।’

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाणलाई सम्बोधन गर्दै सबैको सहमतिले आन्दोलन भएको, संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र आएको भन्दै देशमा राजनीतिक अस्थीरता बढाएर के ल्याउन चाहनुहुन्छ भन्दै प्रश्न गरे।

नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा, पूर्व अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेल, नेकपाका नेता घनश्याम भुसाल, नेपाली कांग्रेसका संसदीय दलका सचेतक बालकृष्ण खाण, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि लगानी सम्मेलनलाई सम्बोधन गर्दै लगानी सुरक्षाकोलागि सरकार तयार भएको बताए। उनीहरुले तिलोत्तमा लगानीकोलागि उपयुक्त क्षेत्र भएको पनि बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।