शनिबार, वैशाख १५, २०८१

गोली हानेर प्रहरीले समायो जनकपुरबाट चोर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रहरीले गोली चलाएर एकाबिहानै जनकपुरबाट चोरको गिरोहलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मुलगेट नजिकै एक पसलको सटर फुटाएर चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट घरभइ जनकपुरधाम–४ बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका-१ रमौली बस्ने ३५ वर्षीय गगनदेव पटेल, भारत विहार सीतामढी जिल्ला वैरगनीयाका ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी रिगास्थित पिपराढी घरभइ जनकपुरधाम–४ बस्ने ४० वर्षीय इलियास राइन रहेको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिका कार्यालय नजिकै रहेको एक फर्निसिङ पसलमा सटरको ताल्चा फुटाइरहेको देखेपछि प्रहरीले हवाइ फायर गरेर उनीहरुलाई पक्राउ गर्न खोजेको थियो ।

तर उनीहरु मध्ये तीनजनाले प्रहरीलाई लक्षित गरी कटुवा पेस्तोल तानेपछि प्रहरीले जबाफी कारबाहीमा तीन राउण्ड गोली चलायो । प्रहरीको गोली लागेर एकजना चोर घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

घाइते हुनेमा रौतहट गौरका विनोद सिंह रहेका छन् । दुबै खुट्टमा गोली लागेको सिंहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।