शुक्रबार, वैशाख १४, २०८१

इ–पासपोर्ट एक अर्ब कमिसनको चक्करमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
 
आजको नागरिक दैनिकले राज्यमाथि एक अर्ब रुपैयाँ भार थपिने गरी इ पासपोर्टमा कमिसनको चक्कर चलेको विषयलाई मुख्य समाचार बनाएको छ।

उसले नेपालका बैंकहरुबाट सिस्टम ह्याक गरेर ५ अर्ब लुट्ने योजनाका दलालहरु पक्राउ परेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
 
कान्तिपुर दैनिकले मेडिकल कजेजहरुको नाफा डेढ अर्ब शीर्षकमा मुख्य समाचार छापेको छ। उसले मनी चेन्जरहरु अपराधमा मुछिन थालेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
 
नयाँ पत्रिकाले मेडिकल कलेज सञ्चालक चाबी बुझाउँछु भन्छन्ः सरकारले स्वामित्व लिए के हुन्छ ? शीर्षकमा मुख्य समाचार छापेको छ।

उसले नेपालका निजी मेडिकल कलेजहरुको औसत लागत डेढ अर्ब रुपैयाँ रहेको पनि उल्लेख गरेको छ ।
 
अन्नपूर्ण पोस्ट्ले भने सानैमा बिहे, पछि छोडपत्र शीर्षकमा कर्णली प्रदेशका महिलाहरुको पीडालाई मुख्य समाचार बनाएको छ ।

यस्तै उसले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग भेटघाट गरेको विषयलाई पनि महत्वका साथ छापेको छ। 

इ-पासपोर्टमा कमिसन चक्कर

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झन्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ। 

विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेकोे अन्तर्राष्ट्रियस्तरको बोलपत्र (आइसिबी) मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस) पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त व्ययभार थपिने भएको हो।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको भन्दै उच्च सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। 

पञ्जीकरण विभागले झन्डै एक अर्ब हालेर यस्तो सिस्टम खरिद गरिसकेको छ। यस्तो प्रणालीले दसवटा औंलाको छाप, आँखाको रेटिना एवं मुखाकृतिका आधारमा व्यक्तिको पहिचान सुनिश्चित गर्छ।

अपराधमा मुछिँदै मनी चेन्जर

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो । 

भदौ १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका हुन् ।

यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने गरेका मनी चेन्जरहरू यसपटक बैंकिङ कसुर मुद्दामा जोडिन पुगे ।

एटीएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनी एक्सचेन्जबाट साटिएको थियो । ह्याकरहरू बसेको हात्तीसारको होटलमा प्रहरी परिसर काठमाडौंको टोली पुगेलगत्तै भागेका चार चिनियाँ ट्याक्सी रिजर्भर् गरेर सोझै यी दुई कम्पनीमा पुगेका थिए । 

उनीहरूले आफूसँग रहेको नेपाली रुपैयाँ साट्नुपर्ने बताएपछि दुवै चेन्जर सजिलै तयार भएका थिए । प्रहरीका अनुसार रकमको स्रोत खोज्नुपर्ने र रकम साट्नेको परिचय राख्नैपर्ने प्रावधान उल्लंघन गरेर उनीहरू नाफाको लोभमा परेका थिए ।

नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली, २०७६ ले ‘मनी चेन्जर’ भन्नाले विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्था भनेर परिभाषित गरिएको छ । 

यस्ता संस्था आर्थिक अपराधका घटनामा जोडिएको यो नयाँ घटना भने होइन । नेपालमा जब विदेशी विनिमय अपचलनको मुद्दा आउँछ, त्यतिबेला प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मनी चेन्जर कम्पनी मुछिएका छन् । पछिल्लो घटना पनि यसैको निरन्तरता भएको जानकार बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।