शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • देशको शोधनान्तर स्थिति बचतमा, निर्यात बढ्यो, मूल्य वृद्धि पनि बढ्यो 

देशको शोधनान्तर स्थिति बचतमा, निर्यात बढ्यो, मूल्य वृद्धि पनि बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काटमाडौं– १३ महिनादेखि ऋणात्मक अवस्थामा रहेको देशको शोधनान्तर स्थिति नयाँ आर्थिक वर्षको पहिलो महिनामा बचतमा गएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति प्रतिवेदन अनुसार साउन मसान्तसम्ममा शोधनान्तर बचत रु. ६ अर्ब ५ करोड छ । 

चालु खाता घाटा पनि रु. २५ अर्बबाट घटेर साउन मसान्तसम्ममा रु. ९ अर्ब ३७ करोडमा सीमित भएको छ । 

मूल्यवृद्धि दर अघिल्लो वर्षको साउन महिनामा ४.१९ प्रतिशत रहेको मा अहिले ६.९५ प्रतिशत छ ।  सरकारले मूल्य वृद्धि दर ६.५ प्रतिशतसम्म हुने आकलन गरेको थियो । 

त्यसैगरी निर्यात २७.७ प्रतिशतले बढेको छ भने आयात अघिल्लो वर्षको यसै महिनाको तुलनामा ११.५ प्रतिशतले कम भएको छ । 

 रेमिटेन्स पनि अघिल्लो वर्षको यसै महिनाको तुलनामा २ प्रतिशतले बढेर ७५ अर्ब ४० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति भने रु. १० खर्ब ६४ अर्ब ६४ करोड मात्र छ । यसले जम्मा ८.८ महिनाको मात्र आयात धान्न सक्छ ।

बैंकहरुको निक्षेप ०.४ प्रतिशतले कम भएको छ भने कर्जा लगानी ०.५ प्रतिशतले बढेको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्