शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै    

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख सोङ ताओ आज नेपाल आउँदै छन्। 

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा आज काठमाडौंमा सुरु हुन लागेकाे चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरक्रियामा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्। उनी थाइल्यान्डबाट दिउँसो १२ः२५ मा त्रिभुवन विमानस्थल ओर्लने कार्यक्रम रहेको नेकपाले जनाएको छ। 

अन्तक्र्रियामा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका ४० जना यसअघि नै काठमाडौं आइसकेका छन्।

अन्तरक्रियामा साँझ ५ बजे सुरु हुने नेकपाले जनाएको छ। 

अन्तरक्रियाकै बीचमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच समझादारीपत्रमा हस्ताक्षर हुने योजना छ। नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीचको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।