शनिबार, वैशाख १५, २०८१

लगाउन नपाएको ‘नौगेडी’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
च्यान्टे र मनमाया दम्पतीको सन्तान नहुँदा दिनहुँजसो झगडा परिरहन्छ । त्यसैमाथि मनमायाँको नौगेडी लगाउने चाहनाले आगोमा घिउ थपिदिन्छ । 

नुवाकोटको दुप्चेस्वर मेलामा भेट भएकी मनमायालाई गीतमार्फत नौगेडी मालाको सपना देखाएर बिहे गरेका च्यान्टेले न त त्यो प्रतिवद्धता पूरा गर्न सक्छन् । न त उनीहरुको सन्तानको चाहना नै पूरा हुन्छ ।

काठमाडौंको सर्वनाम थिएटरमा भदौ २७ गतेदेखि मञ्चन भइरहेको नाटक नौगेडीको कथाको अंश हो यो । नाटकमा कवि तथा नाटककार पुरु लम्सालको लेखन तथा निर्देशन छ।  
नुवाकोटको दुप्चेश्वर महादेव जात्राबाट सुरु हुने नाटकले स्थानीय परिवेर्श टिपेको छ । 

घाँसे गीतसँगै अगाडि बढ्ने नाटकमा मनमायालाई नौगेडी बनाइदिन नसक्दा च्यान्टेको हिनताबोध, दलित दम्पतीले भोगेको छुवाछुत, सन्तान नहुँदा खेप्नु परेको दुव्र्यवहार, राजनीतिको दाउपेच देखाइएको छ । 

सिंगो जीवन दाउमा पार्ने चन्द्रबहादुर, श्रीमान र बाबुबाट बेचिएकी माइली आदिको कथाले नाटकलाई रोचक बनाएको छ । 

‘बाँझी आइमाई’ भन्दै समाजले लगाएको लान्छनाले मनमायामा सन्ताको चाहना झनै बढ्दै जान्छ । 

दिनहुँ झगडा पर्न थालेपछि घर छोडेको च्यान्टे अर्को गाउँमा जान्छ । बालिघरे प्रथा चलिरहेको गाउँमा च्यान्टेले अब पैसा लिएर कपडा सिउन थाल्छ। 

एकातिर मनमायाको सन्तानप्राप्तिको चाहना अर्कोतिर च्यान्टेले घर छोडेर गएपछि  छिमेकी पसले अर्जुन मनमायातर्फ आँखा लगाउन थाल्छ । अन्ततः मनमाया गर्भवती हुन्छिन् । 

राजनीतिमा असफल पात्र पात्र चन्द्रबहादुर दलित समुदायको अधिकार र उनीहरुप्रति समान व्यवहारको चाहना राख्छ । बाबु र श्रीमानबाट बेचिएर गाउँलेको नजरमा ‘वेश्या’ भएकी माइलीलाई उसले साथ दिन्छ । 

दुई महिनापछि घर फर्किएको च्यान्टेले श्रीमतीका लागि नौगेडी ल्याइदिएको छ । आउनासाथ श्रीमती दुई महिनाको गर्भवती भएको कुरा छिमेकी माइलीबाट थाहा पाएपछि उसको खुशीले आकाश छोएको छ । आफूले ल्याएको नौगेडी श्रीमतीलाई दिने ख्याल पनि छैन च्यान्टेलाई । 

उता मनमाया पेटभित्रको सन्तान च्यान्टेको होइन भन्न सक्दिन, न त हो भन्न नै सक्छे । भित्रभित्रै निकै छटपटिएकी छ ऊ ।

च्यान्टे गर्भवती श्रीमतीका लागि कुखुरा किन्न घरबाट निस्कन्छ । त्यति नै बेला गएको भूकम्पले च्यान्टेको खुशी एक निमेषमै भत्काइदिन्छ । सन्तानको मुख हेर्ने र मनमायालाई नौगेडी लगाइदिने च्यान्टेको सपना अधुरै रहन्छ । 

नाटक नौगेडीमा महिला पात्रलाई कमजोर देखाइएको छ । अभाभव र पीडाकाबीच पनि मनमायाले नौगेडीकै निम्ती श्रीमानसँग झगडा गरेको देखाइनु स्वभाविक लाग्दैन ।  नाटकको संगीत (ब्याकग्राउण्ड स्कोर)  निकै चर्को छ, कतिपय बेला पात्रले बोलेका कुरा बुझिंदैन । केही पात्रहरुको अभिनयमा परिपक्वता देखिंदैन ।  

दुप्चेश्वर वरपरकै सामाजिक कथालाई कलात्मक रुप दिइएको नौगेडीमा सुशिलसिंह ठकुरी, रिता थापा, भिष्म जोशी, बृहषमान सुनुवार, अस्मिता बयलकोटी, अनामिका लामिछाने, आईपी आचार्य, दिवाकर घिमिरे, राहुल श्रेष्ठ, समिर खनाल, लगायतका कलाकारहरुको अभिनय छ ।

नाटक असोज १२ गतेसम्म मञ्चन हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।