युरोपा लिग फुटलबमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले काजकिस्तानको एफसी अस्टनालाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा युनाइटेडले अस्टनालाई १-० गोलले पराजित गरेको हो।
पहिलो हाप गोलरहित बराबरी भएको खेलकाे दोस्रो हापमा एक मात्र निर्णायक गोल युवा खेलाडी मासन ग्रिनउडले गरेका हुन्। उनले खेलको ७३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई घरेलु मैदानमा हारबाट जोगाए। यो उनले सिनियर टिमबाट गरेको पहिलो गोल हो ।
समूह ‘एल’मा रहेको युनाइटेडले पहिलो खेलमै ३ अंक जोडेको भने अस्टना अंकविहीन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४