शुक्रबार, वैशाख १४, २०८१

विदेश भ्रमणबारे उपप्रधानमन्त्री यादव मौन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– पछिल्लो समय मन्त्री भएपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एक वर्षमै २५ पटक विदेश भ्रमण गरिसकेका छन् । 

उनको लगातारको विदेश भ्रमणबारे बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका थिए। 

सांसदहरुको जवाफ दिन रोष्ट्रममा पुगेका मन्त्री यादवले अरु कुरा गरे तर विदेश भ्रमणबारे केही बोलेनन् । 

पूर्व निर्धारित कार्यक्रम अनुसार देशमा डेंगुको संक्रमणबारे मन्त्री यादवले बुधबार संसदलाई जानकारी गराए । 

उनले देशमा डेंगु संक्रमणको अवस्था संकटकाल नै घोषणा गर्नुपर्ने खालको नभएको भन्दै यसबाट नआत्तिन आग्रह गरे । उनले डेंगुको बैज्ञानिक अनुसन्धान आदिका विषयमा पनि जानकारी दिए । 
त्यसपछि मन्त्रीलाई प्रश्न गर्ने पालो सांसदहरुको थियो । 

प्रश्नकर्ता सांसदहरुले देशमा डेंगु संक्रमण बढिरहेका बेला स्वास्थ्य मन्त्री विदेश जानु कति उपयुक्त हुन्छ, भन्दै प्रश्न गरेका थिए।

सांसद प्रेम सुवालले भने, "यस्तो अवस्थामा स्वास्थ्य मन्त्रीले देश छोड्नु उपयुक्त होला र?"

सांसद पार्वता डिसी चौधरीले भनिन् "उहाँ विदेश मात्रै घुमिरहनु भएको छ। म यसको घोर भर्त्सना गर्दछु।"

अर्का सांसद देशप्रसाद तिमिल्सिनाले मन्त्री यादवलाई देशमा डेंगुको महामहामारी फैलिरहेका बेला भाषण गर्ने र विदेशतर्फ ताक्ने काम मात्र नगर्न सुझाव दिए । 

सांसद गोपालमान श्रेष्ठ भने, "अहिले यस्तो अवस्थामा फेरी विदेश जाँदै हुनुहुन्छ। यो गैर जिम्मेवारीपूर्ण कार्य हो ।"

अर्का सांसद राजेन्द्र कुमार केसीले देशभर डेंगुको संक्रमण बढिरहेका बेला मन्त्री यादव विदेशमा रहेको र अहिले फेरि गैरजिम्मेवार भएर विदेश जान लागेको भन्दै विदेशभ्रमणको औचित्यबारे प्रश्न गरेका थिए ।
अन्य सांसदहरुले पनि मन्त्री यादवको विदेश भ्रमणका विषयमा प्रश्न उठाए।

तर, जवाफ दिन संसदको रोष्ट्रममा पुगेका मन्त्री यादवले विदेश भ्रमणका बारे कुनै चर्चा गरेनन्।

उनले डेंगुको नियन्त्रण विश्वकै लागि चुनौति भएको बताउँदै वितेको ५० वर्षमा यो रोग ३० गुणा बढेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।