शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल कुदाइरहेका चालकको मृत्यु

माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल कुदाइरहेका चालकको मृत्यु

धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा चालकको मृत्यु भएको हो।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

triton college
corrent noodles
Metro Mart

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गा लागेर चालकको मृत्यु भएको छ। धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ढुङ्गा लागेर घाइते भएको र उपचारका क्रममा चालकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह छन्। मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलका पछाडि सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतिशकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। -रासस

प्रकाशित: Aug 29, 2021| 14:56 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।