शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एटिएम ह्याक प्रकरण: बैंकका कार्ड पिओएस मेशिनमा चल्न थाले 

एटिएम ह्याक प्रकरण: बैंकका कार्ड पिओएस मेशिनमा चल्न थाले 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमको सिष्टम ह्याक गरी रकम चोरी गरेपछि बन्द भएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) अन्तर्गतका बैंक कार्डहरु अब पिओएस मेशिनमा पनि चल्ने भएका छन्। 

चिनियाँ ह्याकरले सिष्टम ह्याक गरेर रकम निकालेपछि नेप्समा आवद्ध १८ वटा बैंकका एटिएम कार्डहरु संवन्धित बैंकको एटिएम बुथमा मात्र चल्ने बनाइएको थियो । 

नेप्सले नेपाल राष्ट्र बैंकको सहयोगमा बुधबारबाट सेवा पुन सुचारु भएको हो । 

अब भने त्यस्तो कार्ड भिजा नेटवर्कका पिओएस मेसिनहरुमा पनि चल्ने छ । जसले गर्दा शहरी क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल स्टोर लगायतका ठाउँमा सामान किनेर कार्ड मार्फत रकम भुक्तान गर्न सकिनेछ । 

यद्यपि, भिजाको नेटवर्क भएका अन्य बैंकका एटिएमबाट भने अझै पनि पैसा झिक्न सकिने छैन । 

चिनियाँ ह्याकरले नेप्समा आवद्ध ६ वटा बैंकको कार्ड दुरुपययोग गरेको थियो भने भिजा नेटवर्कका ५ वटा बैंकको एटिएम बुथ प्रयोग भएको थियो। 

नेप्समा माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनआइसी एसिया, ओम डेभलपमेन्ट, प्रभु, प्राइम,बैंक अफ काठमाण्डू, सिटिजन्स, देव विकास, एपेक्स डेभपलपमेन्ट, ग्लोबल आइएमइ, जनता, ज्योति विकास, लुम्बिनी विकास, सांग्रिला,शाइन रेसुंगा सिद्धार्थ बैंक र सनराइज बैंक आबद्ध छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्