शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तान जहाँ दैनिक औषत ७४ जना मारिन्छन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
अफगानिस्तानमा गएको अगस्त महिनामा दैनिक औषतमा ७४ जनाको मृत्यु भएको छ । 

हिंसाबाट हुने मानवीय क्षतिबारे आकलन गर्न बीबीसीले अफगानिस्तानमा गरेको खोजमा गएको एक महिनामामात्र २ हजार ३०७ व्यक्ति मारिएको पाइएको हो । यो अवधिमा सुरक्षा कमजोरीबाट भएका कुल ६११ घटनामा १ हजार ९४८ व्यक्ति घाइते भएका थिए ।   

अमेरिकाले युद्धग्रस्त अफगानिस्तानमा तैनाथ आफ्ना सैनिक फर्काउन खोजिरहेको चर्चा चलेसँगै हिंसाका घटनाहरुमा पनि बढोत्तरी भएको छ । 

अफगानिस्तानमा जारी युद्धमा मारिनेहरु अधिकांश आम नागरिक र तालिबानी लडाकुहरु छन् । 

सेप्टेम्बर महिनाको अन्त्यमा अफगानिस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ र उक्त निर्वाचन विथोल्न खोजिरहेको तालिवानले हिंसाका घटनाहरु पनि बढाउँदै लगेको छ । 

इस्लाममा मनाइने पर्व ईद– उल–अजहाका बेला तालिबान र अफगान सरकारले तीन दिनसम्म औपचारिक युद्धविराम गरेका थिए । तर, बीबीसीका अनुसार यही पर्वका बेला ९० जना मानिस मारिए । 

२७ अगस्तमा भएको एक हवाई आक्रमणमा १६२ जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । मृत्यु हुनेमध्ये अधिकांश तालिबान लडाकु थिए । 

त्यस्तै १८ अगस्तमा काबुलमा आयोजित एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा ९२ जनाको मृत्यु हुनुका साथै १४२ जना घाइते भएका थिए । त्यसै दिन भएका अन्य आक्रमणमा समेत गरेर ११२ जनाको मृत्यु भएको थियो । यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । 

गएको अगस्त महिनामा भएका मृत्युका आधाभन्दा बढी घटनामा विद्रोही तालिबान प्रत्यक्ष जिम्मेवार थियो । तालिबानसँग अहिले पनि करिब ३० हजार हथियारसहितका लडाकु भएको अनुमान गरिन्छ ।

गएको जनवरी महिनामा अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले सन् २०१४ यता सुरक्षा बलका ४५ हजार सदस्य मारिएको बताएका थिए । 

अफगानिस्तान: राष्ट्रपति सहभागी कार्यक्रममा विस्फोट, कम्तीमा २४ को मृत्यु 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।