शुक्रबार, वैशाख १४, २०८१

मोटरहेड मोटरसाईकलको नयाँ शोरुम टेकुमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मोटरहेड मोटरसाईकलको नयाँ शोरुम काठमाडौंको टेकुको खुलेको छ । 

उक्त शोरुम (इको एक्जिम नेपाल प्रालि) को उद्घाटन मोटरहेड मोटरसाईकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गरेका छन् । 

शोरुममा मोटरहेडका पाँचथरी मोटरसाइकल उपलब्ध छन् । जसमध्ये ६ गियर, २३३ सीसी र हाइड्रोलिक डिस्क ब्रेकसहितको टेक्कन– २५० को मूल्य रु.३ लाख ७५ हजार तोकिएको छ । त्यस्तै २२३ सीसीको स्पोर्ट– २५० को मूल्य रु.३ लाख ६५ हजार रहेको कम्पनीले जनाएको छ । 

क्रयाम्बलर– २५० को मूल्य रु.४ लाख ५० हजार र  १९९ सीसीको एमएच– २०० को मूल्य रु.३ लाख ७२ हजार छ भने पाँच गियरसहित १४९ सीसीको  एमएच– १५० को मूल्य रु. २ लाख ७८ हजार तोकिएको कम्पनीले जनाएको छ । 

मोटरहेडका प्रत्येक बाईकको खरिदमा  थर्डपार्टी इन्स्योरेन्स, एक वर्षको सडक कर,  एउटा हेलमेट, टिर्सट र बाईक कभर निशुल्क पाइने छ । 

साथमा ‘स्क्र्याच एण्ड विन’ अन्र्तगत न्यूनतम रु.५ हजार देखि रु.२५ हजारसम्म नगद जित्न सकिने एसएलआर टेक्नो एण्ड ट्रेडका बिजनेश डेभलेपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्